Friday, March 29, 2024
Homeमुख्य खबरप्राथमिकतामा सडक

प्राथमिकतामा सडक

- Advertisement -spot_img

घोराहीको नीति तथा कार्यक्रम
घोराही, १ जेठ । घोराही उपमहानगरपालिकाले शनिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको पाँचौ नगर सभाले आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
सभामा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर पुराना योजना तथा कार्यक्रमहरुलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
पहिलो आर्थिक वर्षका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिने भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा पनि सडक पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ ।
त्यस्तै सरसफाइ वातावरण, कृषि महिला सशक्तिकरण, स्वास्थ्य शिक्षा तथा पर्यटन विकासलाई पनि प्राथमिकता दिइएको छ । उपमहानगरपालिकाले स्वास्थ्यतर्फ सिकलसेल एनेमिया,
थाल्यसेमिया र प्रसुति सेवाका बिरामीहरुको उपचारका लागि रगत निःशुल्क प्रदान गर्न नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा नगरप्रमुख रक्तसञ्चार सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
नगरप्रमुख चौधरीले उपमहानगरपालिका स्तरिय अस्पताल स्थापनाका लागि संघिय सरकारसंग समन्वय गरी कार्य अगाडि बढाउने, मधुमेह तथा मृगौलाको प्रारम्भिक ल्याव परिक्षणको लागि सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क जाँच गर्ने व्यवस्था गरिने बताए ।
फोक्सोका दीर्घ रोगीहरुलाई सुघ्ने औषधी निःशुल्क वितरण गरिने, नवजात विकलाङ न्यूनीकरण गर्न गर्भवती आमाहरुलाई नियमित भिडियो एक्सरे गर्ने व्यवस्था गर्ने, आँखा रोगको मोतियाविन्दुको निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाइने छ ।
नीति तथा कार्यक्रममा आमा र शिशुको जीवन रक्षाको लागि उपप्रमुख आमा शिशु कार्यक्रम लागू गरिने छ । सुरक्षित प्रोत्साहन गर्न उपमहानगरपालिकाको तर्फबाट आमा खुत्रुके बचत कार्यक्रम लागू गरी प्रसूति अवस्थामा एक हजार उपलब्ध गराउने उल्लेख गरिएको छ ।
त्यस्तै शिक्षातर्फ थारु भाषाको पाठ्यक्रम तयार गरी कक्षा ५ सम्म ऐच्छिक विषयका रुपमा थारु भाषाको पठनपाठनको व्यवस्था मिलाउने, विभिन्न किसिमका फरक क्षमता भएका बालबालिकाहरुका लागि निश्चित स्थानका आवासीय, पठनपाठनको व्यवस्था मिलाईने,
उपमहानगरपालिकाका सामुदायिक विद्यालयबाट उच्च अंक प्राप्त गरी प्रविधिक शिक्षा (डाक्टर, इन्जिनियर) अध्ययन गर्ने,
पमहानगरबासीमध्ये एमबि बिएसतर्फ एकजना छात्र एकजना छात्रा गरी दुई जनालाई ५ लाखका दरले र इन्जिनिरिङतर्फ एकजना छात्र एकजना छात्रालाई ३ लाखका दरले प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने रहेको छ ।
यसैगरी खेलकुदतर्फ उपमहानगरपालिकास्तरीय मेयरकप प्रतियोगितालाई निरन्तरता दिदै यस वर्षदेखि उपमेयर कप महिला भलिवल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
यसैगरी उपमहानगरपालिकाले २०२१ सम्म घोराही उपमहानगरलाई लैंगीक हिंसा नियन्त्रित नगरपालिका घोषणा गर्ने निकै चुनौतीपूर्ण कार्यलाई अगाडि बढाएको छ । उपमहनगरपालिकाले लैंगीक हिंसा निवारणका लागि निरोधात्मक,
प्रवद्र्धनात्मक तथा संरक्षणात्मक कार्यक्रम सञ्चालन गर्ने रहेको छ । यसैगरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा वातावरण सरसफाइलाई पनि विशेष महत्वका साथ प्रस्तुत गरिएको छ ।
प्रदूषित हुँदै गएको कटुवाखोला, सेवार खोला र निजी क्षेत्र संघ संस्था, कार्यालय लगायत सबै क्षेत्रको सहभागितामा कटुवा र सेवार खोला सरसफाई अभियान सञ्चालन गर्ने,
बबई सभ्यतालाई उजागर गर्न बबई नदीको मुहानमा जलाशय निर्माणका लागि अध्ययन अनुसन्धानको आवश्यक व्यवस्था मिलाउने, घोराही उपमहनगर क्षेत्रभित्रका न्यायमा पहुँच नभएका पीडित असहाय, तथा अशक्तहरुलाई निःशुल्क कानुनी सेवा प्रदान गर्न कानुनी सहायता कोष खडा गर्ने,
उपमहागनरपालिकाभित्र सञ्चालनमा रहेका एफएम रेडियोहरुसँग लिइरहेको करको दरमा ३० प्रतिशत छुट दिने, कार्यालयको आयव्यय विवरण तथा प्रतिवेदनहरु मासिक,
चौमासिक र बार्षिक रुपमा वेभसाइटमार्फत सार्वजनिक गर्ने, बजार व्यवस्थापनलगायत कार्यमा सहयोग गर्न नगर प्रहरी गठन तथा सञ्चालनसम्बन्धी कानुन तर्जुमा गरी नगर प्रहरी आपूर्ति गर्नेलगायतका रहेका छन् ।
त्यस्तै २०२१ सम्म घोराही उपमहानगरपालिकालाई लैंगीक हिंसा नियन्त्रित नगरपालिका घोषणा गर्न लैंगीक हिंसा निवारणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
त्यस्तै सन् २०२१ सम्म घोराही उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न स्थानीय बालमैत्री शासन कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here