Friday, April 19, 2024
Homeमुख्य खबरप्रलेस प्रदेश ५ को बैठक

प्रलेस प्रदेश ५ को बैठक

- Advertisement -spot_img

घोराही, २४ पुस । प्रगतिशील लेखक संघ नेपाल प्रदेश नम्बर ५ को दोस्रो बैठक लमहीमा भएको छ । प्रगतिशील लेखक संघ नेपाल प्रदेश ५ का अध्यक्ष केशब थापाको अध्यक्षता एवं प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नम्बर ५ का इन्चार्ज पद्मप्रसाद शर्माको प्रमुख अतिथ्यतामा बैठक भएको हो । बैठकले अग्रज साहित्यकारहरु मध्येबाट संस्थालाई आवश्यक सल्लाह तथा सहयोग प्रदान गर्नका लागि विभिन्न ब्यक्तित्वहरुलाई सल्लाहकारमा चयन गरिएको छ । संघको सल्लाहकार नारायणप्रसाद शर्मा, रामचन्द्र भट्टराई, दिल साहनी, पद्मप्रसाद शर्मा, शशिधर भण्डारी, हरि तिमिल्सिना, हिरामणि दुःखी, बालकृष्ण भट्टराई र पूर्ण केसी रहेका छन् । यसैगरी प्रदेशस्तरमा रिक्त सदस्य पदको दुई स्थानमा रुकुमका गोविन्द पुन गिरिस र दाङका देवराज विकलाई मनोनयन गरिएको छ । प्रदेशका कार्यहरुलाई ब्यवस्थित गर्नका लागि विभिन्न विभागहरु गठन गरिएको छ । जसमा संगठन विभाग संयोजक खोमा तरामु मगर प्रदेश सचिव, सदस्य रामप्रसाद पोख्रेल प्रदेश सह–सचिव, विजया पन्त प्रदेश सचिवालय सदस्य, गोविन्द पुन गिरिस प्रदेश सदस्य, खेमराज शर्मा प्रदेश सदस्य रहेका छन् ।
आर्थिक विभाग संयोजक निम बहादुर थापा प्रदेश कोषाध्यक्ष, सदस्यहरुमा शशिराम कार्की प्रदेश सदस्य बाँके, सुवाश रिजाल प्रदेश सदस्य रुपन्देही रहेका छन् । प्रदेशस्तरीय वार्षिक मुखपत्र ‘प्रलेश प्रदेश पाँच’ प्रकाशनार्थ प्रकाशन विभाग जसको प्रधान सम्पादक केशव थापा प्रदेश अध्यक्ष, अन्य सदस्यहरुमा पंकज श्रेष्ठ प्रदेश उपाध्यक्ष बाँके, सरिता श्रीस प्रदेश महिला उपाध्यक्ष रुपन्देही, अर्जुन सर प्रदेश सदस्य कपिलवस्तु, खेमराज शर्मा प्रदेश सदस्य रोल्पा रहेका छन् भने सम्पादन सल्लाहकारमा केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मालाई चयन गरिएको छ  ।
यसैगरी प्रदेश स्तरीय पुरस्कार स्थापना गर्ने निर्णय गर्नुका साथै जसको नाम ‘प्रगतिशील प्रतिभा पुरस्कार’ नामाकरण गर्ने समेत निर्णय भएको छ । साथै उक्त पुरस्कारको राशी वृद्धि गर्न प्रलेससँग आवद्ध विभिन्न संघ संस्था र ब्यक्तित्वलाई अनुरोध गर्नेसमेत निर्णय गरिएको छ । चैत्र २२ र २३ गते काठमाडौँमा ११औं राष्ट्रिय सम्मलेन सम्पन्न हुने भएकाले यहि फागुन मसान्तसम्म प्रदेश ५ का सम्मेलन हुन बाँकी सबै जिल्लाहरुमा सम्मेलन सम्पन्न गर्ने निर्णयसमेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here