Thursday, April 18, 2024
Homeमुख्य खबरप्रदेश ५ मा नौजनाको उम्मेदवारी

प्रदेश ५ मा नौजनाको उम्मेदवारी

- Advertisement -spot_img

राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता …
दाङ, २१ पुस । राष्ट्रियसभा सदस्यको लागि प्रदेश नं. ५ मा नौजनाको उम्मेदवारी परेको छ । आइतबार तोकिएको मनोनयन दर्तामा नौजनाको उम्मेदवारी परेको हो । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका आइतबार प्रदेश ५ बाट नौजनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्याल दाङले जनाएको छ ।
प्रदेश ५ बाट तीन पदका लागि चार राजनीतिक दलले उम्मेदवारी दिएका छन् । नेकपा, नेपाली काँग्रेस, समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
राष्ट्रियसभा महिला सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट विमला घिमिरे, नेपाली काँग्रेसको तर्फबाट गिरिजा न्यौपानेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
त्यस्तैगरी अपाङ्गता तथा अल्पसंख्यक सदस्यका लागि नेकपाको तर्फबाट जग प्रसाद शर्मा (अपार), काँग्रेसबाट मेहराज हलवाई र समाजवादी पार्टीको तर्फबाट सुनिल कुमार सिंहघलेले उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य पदका लागि नेकपाको तर्फबाट गोपाल भट्टराई, काँग्रेसको तर्फबाट बालकृष्ण पाण्डे, समाजवादी पार्टीको तर्फबाट कृष्णप्रसाद अहिर र जनमोर्चाको तर्फबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गरेको थापाले जानकारी दिए ।
निर्वाचन अधिकृतको कर्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने समय तालिका तोकिएको थियो । आइतबार मनोनयन दर्ता गराएकाहरू विरूद्ध सोमबार बिहान १० बजेदेखि दावी विरोध गर्न सकिने निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
यस्तै मंगलबार मनोनयन दर्तापत्र जाँचबुझ, बुधबार पुन उम्मेदवारको नाम प्रकाशित गर्ने, बिहीबार उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ ।
राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ जनाको आगामी फागुन २० गते पदावधि सकिदैछ । जसमा १८ जनाको निर्वाचनको माध्यमबाट र एकजना सरकारको राष्ट्रपतिबाट मनोनित गरिनेछ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेश पाँचमा ८७ जना प्रदेशसभा सदस्य र १ सय ९ स्थानीयतहका २ सय १८ गरी ३ सय ५ जना मतदाताले मतदान गर्नेछन् ।
प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर र मिना बुढा तथा रूपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ बर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । कुँवर र बुढा नेकपा तथा उपाध्याय काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here