Wednesday, March 27, 2024
Homeमुख्य खबरआज लखन कपको फाइनल खेल

आज लखन कपको फाइनल खेल

- Advertisement -spot_img

घोराही, १७ फागुन । बर्षाका कारण बुधबार स्थगित भएको प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको फाइनल खेल आज शुक्रबार हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि सुरु भएको प्रतियोगिता बुधबार समापन हुने कार्यतालिका रहेको भए पनि बर्षाका कारण स्थगित भएको हो ।
प्रतियोगिता ब्यवस्थापन समितिका संयोजक मुक्त बुढा मगरले फाइनल खेल आज मध्यान्ह १२ बजेदेखि भरतपुर खेल मैदानमा प्रतियोगिता हुने भएको हो । फाइनलका लागि बडहरा युवा क्लव र युएनबिसी एकेडेमी पुगेका छन् । प्रथम हुने टिमले एक लाख ११ हजार १११ नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ५५ हजार ५५५ नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी सेमिफाइनलमा पुगेका दुई टिमले नगद १५ हजार तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक बुढा मगरले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here