Friday, April 19, 2024
Homeखेलकुदप्रदेशस्तरीय टेबल टेनिस छनोट सुरु

प्रदेशस्तरीय टेबल टेनिस छनोट सुरु

- Advertisement -spot_img

तुलसीपुर, २० फागुन । दाङको तुलसीपुरमा आइतबारदेखि प्रदेश नम्बर ५ स्तरीय टेवल टेनिस छनोट प्रतियोगिता सुरु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगंज बाँके र दाङ जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन माननीय सासद हिराचन्द्र केसीले गरेका हुन् ।
फागुन २१ गतेसम्म चल्ने प्रतियोगिताबाट बृहत आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा प्रदेश नम्बर ५ बाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट हुनेछन् । दाङ जिल्ला टेवल टेनिस संघको कभर्ड हलमा जारी प्रतियोगितामा प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये ११ जिल्लाका महिला र पुरुष गरी ४८ जना खेलाडीहरु बीच प्रतिस्पर्धा हुने दाङ जिल्ला टेबल टेनिस संघका सचिव केशवप्रसाद श्रेष्ठले जानकारी दिए ।
वेस्टअप फाइभका आधारमा खेलाइएको प्रतियोगिताअन्तर्गत आइतबार महिला तथा पुरुषतर्फ पहिलो र दोस्रो चरणका खेलहरुमा प्रतिस्पर्धा भएको छ । प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा राष्ट्रिय रेफ्री विपिन शर्मा, नारायण घिमिरे रहेका छन् भने स्थानीय रेफ्रीमा खिमबहादुर महतरा, सुरेश विक र निर्मला वली रहेका छन् ।
यसैबीच प्रतियोगिताको उद्घाटन समारोह प्रदेश नम्बर ५ स्तरीय टेवल टेनिस छनोट कार्यक्रमका सयोजक, मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य रीता कोइरालाको अध्यक्षता तथा माननीय सासंद हिराचन्द्र केसिको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको विशिष्ठ आतिथ्यमा भएको थियो ।
उक्त अवसरमा टेवल टेनिसका चिफ कोच विनोद शाक्य, मध्री पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु शर्मा, प्यूठान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापा, दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोका, दाङ जिल्ला ब्याडमिन्टन संघका सल्लाहकार विनोद शर्मा, टेबल टेनिस संघ दाङका अध्यक्ष सीताराम शर्मा, उपाध्यक्ष अरुण लहरे, टेबल टेनिसका वरिष्ठ प्रशिक्षक सुनिल योन्जन, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का सदस्य मानबहादुर केसी, टेबल टेनिसका प्रशिक्षकद्वय सञ्जय अर्याल र राजेन्द्र श्रेष्ठ, सहायक प्रशिक्षक बालकृष्ण शाहलगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here