Thursday, April 18, 2024
Homeसमाजप्रदेशस्तरीय एकल नृत्य र गायनको तयारी तीव्र

प्रदेशस्तरीय एकल नृत्य र गायनको तयारी तीव्र

- Advertisement -spot_img

तुलसीपुर, २८ पुस । प्रदेश नम्बर ५ को कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि प्रदेशस्तरीय एकल गायन तथा एकल नृत्य प्रतियोगिता हुने भएको छ । शुक्रबार किड्स सेभेन चिल्ड्रेन पार्कमा पत्रकार सम्मेलन गरी कार्यक्रम सञ्चालन हुनेबारे जानकारी गराईएको हो । प्रतियोगिता आगामी माघ ५ गतेदेखि सुरु हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा हुन लागेको प्रदेशस्तरीय उक्त प्रतियोगिता प्रदेशका विभिन्न जिल्लाहरुमा सञ्चालन हुँदैछ ।
कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले वर्तमान समयमा विदेशी कला र संस्कृति नेपालमा भित्रिएकै कारण नेपालको मौलिकतामा ह्रास आएको बताए । यो प्रतियोगिताले वाह्य संस्कृतिको प्रयोग गर्ने प्रवृत्तिको न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनपेक्षासमेत रहेको बताए । वडा नम्बर ७ मा अवस्थित राप्ती शान्ती उद्यान पार्कमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको आयोजक समितिले जानकारी दिएको छ । कार्यक्रम पाँच महिनासम्म चल्ने छ । दाङ, बाँके र बर्दिया जिल्लाबाट छानिएका प्रतिस्पर्धीहरुलाई एसएमएस भोटिङ सिस्टममार्फत उत्कृष्ट घोषणा गरिने बताईएको छ । नृत्यतर्फबाट प्रथम हुनेलाई ५१ हजार र गायनतर्फबाट प्रथम हुनेलाई ३१ हजार रुपैयाँ प्रदान गरिने छ । कार्यक्रम किड्स सेभेन चिल्ड्रेन पार्क प्रालिका सञ्चालक मन्जित पुन मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रमलाई पत्रकार सनोद थापाले सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here