Friday, April 12, 2024
Homeखेलकुदप्रथम वडा अध्यक्ष कप सुरू

प्रथम वडा अध्यक्ष कप सुरू

- Advertisement -spot_img

तुलसीपुर, ६ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौरीमा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरू भएको छ ।
शान्ति युवा क्लव तुलसीपुर–१२ को आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन तुलसीपुर–१२ का अध्यक्ष सूर्यबहादुर डाँगीले गरेका हुन् । वडा अध्यक्ष कपको उद्घाटन गर्दै डाँगीले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खेलकुद समृद्धिको आधार भएको बताए ।
‘मावन समाज र अनुशासनको मुख्य मेरूदण्ड खेलकुद हो, यसको विकासबिना समृद्धि सम्भव छैन्, अब स्थानीय तह सिङ्गो खेलकुदको विकासमा जुट्न आवश्यक छ’ उनले भने– ‘खेलकुद क्षेत्रलाई स्थानीय तहले हेर्ने दृष्टिकोण अझै साँधुरो छ, अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, खेलकुदको उर्वरभूमि दाङलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यकता पर्दछ ।’
क्लवका अध्यक्ष कौशिक घर्तीको अध्यक्षता तथा डाँगीको प्रमुख आतिथ्यतामा वडा अध्यक्ष कपको उद्घाटन गरिएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका खेल संयोजक अमर नेपाली माइकलले वडालाई खेलकुदको गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए । वडा सदस्य मानबहादुर केसीको स्वागत रहेको उद्घाटन कार्यक्रमको सहजीकरण नवीन वलीले गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा वडाभित्र स्थापित आठ टोल विकास संस्थाका समूहको सहभागिता रहेको छ । यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा तुलसीपुर–१२ लामिडाँडा टोल विकास सस्था कचिलीले विजयी सुरूवात गरेको छ ।
उद्घाटन खेलमा आयोजक शान्ति युवा क्लव कचिलालाई ट्राईवेकरमा ४ का विरूद्ध ५ गोल अन्तरले पराजित गर्दै लामिडाँडा टोलले विजयी सुरूवात गरेको हो । निर्धारित समयसम्म एक÷एकको बराबरी भएपछि खेल टाईव्रेकरमा गएको थियो । खेल अवधिभर रेफ्रीको भूमिका मा एन्फा रेफ्री डिएन दाहाल, खुम वली र सुवोध चौधरी रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here