Thursday, April 18, 2024
Homeफिचरप्रतिष्ठानमा राजनीति नगर्न आग्रह

प्रतिष्ठानमा राजनीति नगर्न आग्रह

- Advertisement -spot_img

तुलसीपुर, १६ भदौ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न तुलसीपुर उद्योग वाणिज्य संघले सम्बन्धित सबैमा अनुरोध गरेको छ । यस क्षेत्रका जनताहरुको स्वास्थ्य सेवा र भविष्यसँग जोडिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विभिन्न बहानामा अवरोध सिर्जना गर्ने जो कोहिलाई पनि दङ्गाली जनताले नछाड्ने जनाईएको छ ।
आइतबार आयोजित नियमित बैठकमा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले भने ‘कहिले प्रतिष्ठान कार्यालय भित्रबाट त कहिले विभिन्न राजनीतिक दलहरुको आडमा प्रतिष्ठानको विकास हुन नदिने समूहको पहिचान दङ्गाली जनताले कारवाही गर्नुपर्छ । अब पनि दाङको स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रको विकास नभए कहिले हुन्छ’ अध्यक्ष रावतले भने ‘लामो समयदेखि प्रतिष्ठानमा भैरहेका विभिन्न गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्यवसायीहरु यस क्षेत्रको विकास चाहन्छौ, अब छिटोभन्दा छिटो प्रतिष्ठानले निकास पाउनुपर्छ ।’
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले तुलसीपुर उपमहानगरले हरेक क्षेत्रमा अत्यधिक चर्काे ब्यवसायिक कर लगाएको भन्दै तत्काल वाणिज्य संघले पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले छिमेकी उपमहानगरको तुलनामा धेरै नै बढी ब्यवसायिक कर लगाएको भन्दै साना ब्यवसायीहरु अत्यधिक मारमा परेको बताएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, निवर्तमान अध्यक्ष विमल रिजाल, सल्लाहकारहरु सुरेश हमाल, नारायण प्रसाद खनाल, प्रेस सल्लाहकार शरद रेग्मी, लायन्स क्लव दाङका अध्यक्ष यज्ञबहादुर केसी, रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसीलगायतले मन्तव्य राखेका थिए । उक्त अवसरमा नव निर्वाचित दुबैजना केसी अध्यक्षहरुलाई वाणिज्य संघले सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण महासचिव रुपबहादुर खत्रीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here