Thursday, April 18, 2024
Homeमुख्य खबरप्रतिष्ठानका डीनको राजीनामा

प्रतिष्ठानका डीनको राजीनामा

- Advertisement -spot_img

घोराही, २६ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीनले पदबाट राजीनामा दिएकी छन् । प्रतिष्ठानको डीन तथा अस्पताल निर्देशकको रुपमा काम गर्दै आएकी प्रा डा.ऋतु शर्मा बरालले पदबाट राजीनामा दिएकी हुन् । उनले राजीनामा दिएको प्रतिष्ठान प्रशासनले पुष्टि गरेको छ ।
प्रतिष्ठानमा रजिष्ट्रार रामप्रसाद प्याकुरेलले डीन बरालले पदबाट राजीनामा दिएको पुष्टि गरे । उनले बरालको राजीनामा स्वीकृत भने नभएको बताए । स्वीकृति गर्नका लागि प्रक्रिया भएको भन्दै त्यहि अनुसार हुने बताए । ‘केही असहज भएको भन्दै राजीनामा दिइएको उल्लेख छ’ उनले भने, ‘काम गर्न असहजता के भयो त्यो खुलाइएको छैन ।’
डीन बरालले भने काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिएको बताएकी छन् । माथिल्लो तहमा रहेका व्यक्तिहरुबाट काम गर्ने वातावरण नभएको बरालको आरोप छ ।
डा. बरालले आइतबार प्रतिष्ठानमा राजीनामा पेश गरेकी हुन् । ‘म जागीर खान होइन, काम गर्न गएकी हुँ, काम गर्ने वातावरण नबनेपछि पदमा बसिरहनु राम्रो लागेन’ उनले भनिन्, त्यहि भएर राजीनामा लेखे ।
पदीय रुपमा डीन भन्दामाथि शिक्षाध्यक्ष, कुलसचिव र उपकुलपति रहने व्यवस्था छ । कुल सचिव प्याकुरेलले भने आरोपलाई पुष्टी गर्न सक्नुपर्ने भन्दै काम गर्ने वातावारण नबनेको आरोप सत्य नभएको उल्लेख गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here