Sunday, March 24, 2024
Homeफिचरप्रक्रियामै सीमित नयाँ सिसी क्यामरा

प्रक्रियामै सीमित नयाँ सिसी क्यामरा

- Advertisement -spot_img

तुलसीपुर, १२ साउन । बजारक्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै जडान गर्ने भनिएका सिसी क्यामरा लामो समय बितिसक्दा पनि जडान हुन सकेका छैनन् ।
पुराना सिसी क्यामरा बिग्रिएर बेकामे भएको अवस्थामा नयाँ सिसी क्यामरा जडान गर्ने विषय अहिले प्रक्रियामै सीमित रहेको छ । भएका सिसी क्यामरा बेकामे र नयाँ प्रक्रियामै सीमित हुँदा बजारक्षेत्र असुरक्षित बन्दै गएको नागरिकहरुको गुनासो छ ।
चालु आर्थिक वर्ष ०७६/७७ मा सिसी क्यामरा जडान गर्ने गरी तुलसीपुर उपमहानगरपालिकाले बजेटसमेत विनियोजन गरिसकेको छ । बजार क्षेत्रका विभिन्न २१ स्थानमा सिसी क्यामेरा जडान गर्ने गरी निर्णय गरिएको भएपनि कहिले जडान कार्य सुरु हुने हो भन्ने विषयमा सम्बन्धित निकायसमेत अन्यौलमा रहेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले २० लाखको लागतमा बजार क्षेत्रमा रहेका विपी चोक, विरेन्द्र चोक, बसपार्क, जेसीज चोकलगायतका विभिन्न स्थान गरी २१ ठाउँमा नयाँ सिसी क्यामरा जडान गर्ने निर्णय गरेको भएपनि अहिलेसम्म कुनै पनि स्थानमा सिसी क्यामरा जडान गरिएको छैन ।
कहाँ–कहाँ कुन–कुन क्षेत्रमा सिसी क्यामेरा राख्ने भन्ने विषयमा स्थान छनोट गरिएको भएपनि प्राविधिक समस्याका कारण काम समयमै सञ्चालन गर्न नसकिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुको भनाई छ ।
‘जडान गर्ने ठाउँहरु तय भएको भएपनि विविध समस्याले गर्दा काम भएको छैन’ उनले भने ‘सायद अबको केही समयपछि नयाँ क्यामरा जडान गर्ने कार्य सुरु हुन्छ होला ?’ उनले योजना बजेट र योजना उपमहानगरको भएपनि काम कहिले, कसरी सञ्चालन गर्ने भन्ने जिम्मेवारी ईलाका प्रहरी कार्यालय तुलसीपुरको भएको बताए ?
त्यस्तै ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पे्रम बहादुर शाहीले प्रविधि र प्राविधिक नहुँदा काम प्रक्रियामै सीमित रहेको बताउँछन् ।
प्रारम्भिक रुपमा महत्वपूर्ण स्थानहरुमा नयाँ सिसी क्यामरा जडान गर्ने विषयमा उपमहानगरसँग छलफल भएपनि समयमै उपमहानगर सक्रिय नहुँदा नयाँ क्यामरा जडान गर्ने काममा ढिलाई भएको उनले बताए ।
‘उपमहानगरपालिकासँग हामीले त समन्वय गर्ने हो’ उनले भने ‘प्रविधि र प्राविधिकको व्यवस्थापन उपमहानगरले जति चाँडो व्यवस्थापन गर्छ, त्यति चाँडो काम हुन्छ ।’
नयाँ क्यामरा जोड्ने काम अहिले टेन्डर प्रक्रियासम्म पुगेको उनी बताउँछन् । प्राविधिक समस्याको समाधान भए क्यामरा जडान गर्ने काम समयमै सम्पन्न हुने प्रहरी नायव उपरीक्षक शाहीको भनाई छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले नयाँ सिसी क्यामरा अबको केही समयभित्र जडान गरिसक्ने बताए । तुलसीपुर क्षेत्रको शान्ति सुरक्षाको विषय अहिले चुनौतीपूर्ण बन्दै गएको बताउँदै उनले भने
‘यस विषयमा उपमहानगर संवेदनशील छ, अब छिट्टै आवश्यक पर्ने प्रविधि र प्राविधिकको व्यवस्था गरी क्यामरा जडान गर्छौँ ।’ क्यामरा जडान गर्ने विभिन्न प्रक्रियाहरु सुरु भईसकेको बताउँदै उनले क्यामरा जडान गर्न मात्र बाँकी रहेको जानकारी दिए ।
तुलसीपुर नगरबासीहरुको शान्ति सुरक्षाको विषयमा नगर अत्यन्तै संवेदनशील भएको बताउँदै उनले कुन–कुन क्षेत्रलाई समेट्ने गरी कहाँ–कहाँ क्यामेरा जडान गर्ने भन्ने विषयमा छलफल भईसकेको उनले बताए ।
बजार क्षेत्रको सुरक्षा व्यवस्था र आम नागरिकहरुलाई सुरक्षाको अनुभूति गराउँदै अपराधजन्य गतिविधिहरुको न्यूनीकरणका लागि नयाँ सिसी क्यामरा जडान गर्ने तयारीमा जुटेको उनको भनाई छ ।
यसैबीच लामो समय बितिसक्दा पनि उपमहानगरपालिकाले सिसी क्यामरा व्यवस्थापनमा चासो नदेखाएको भन्दै उद्योगी, व्यापारी एवं स्थानीयबासीहरु आक्रोसित भएका छन् ।
नागरिकको सुरक्षाका विषयमा उपमानगरपालिका गम्भीर नदेखिएको बताउँछन् कपडा व्यवसायी दामोदर चौधरी । यस्तै स्थानीय कमला सुनारले पनि सिसी क्यामरा नहुँदा बजारक्षेत्रमा अपराध गर्नेहरु दिनप्रतिदिन बढ्दै जान थालेको बताउँछिन् ।
बजार क्षेत्र सिसी क्यामराविहीन हुँदा दिउँसै डर क्रासमा बस्नुपर्ने बाध्यता रहेको उनीरुको गुनासो छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here