Tuesday, April 16, 2024
Homeफिचरपोखरीमै लाखौका माछा मरे

पोखरीमै लाखौका माछा मरे

- Advertisement -spot_img

देउखुरी, २९ पुस । लमही नगरपालिका वडा नम्बर ३ स्थित टिकुलीगढमा रहेको विष्णु मत्स्यपालन फर्ममा दुई लाख २० हजार माछा पोखरीमै मरेका छन् ।
यो झण्डै ढेड करोड मुल्य बराबरको हुन्छ । पोखरीमा रहेका ७० हजार खानलाई तयार भएका माछा (१ केजी देखि माथिका), १ लाख ५० हजार भुरा पोखरीमै मरेको किसान अमर तामाङले बताए ।
माछा उत्पादन गरेर बेच्ने समयमा यसरी माछा मर्दा फर्म सञ्चालक चिन्तित बनेका छन् । पोखरीमा भएका बैखा जातका माछा मात्र मरेका छन् भने सिल्भर, रहु, ब्रिगेड, नैनी जातका माछा भने केही भएका छैनन् ।
फर्म सञ्चालक अम्बर बहादुर तामाङका अनुसार पुसको ३ गतेदेखि माछाका भुरा मर्न शुरू गरेको र पुस १६ गतेदेखि बिक्री गर्न तयार भैसकेका माछाहरू एक्कासी मर्न शुरू गरेका हुन् ।
माछा त् मरेर सकियो तर माछा उत्पादन गर्दा दाना, विद्युत, मजदुर ज्याला, मोटरबाट पानी तान्दा लागेको खर्च अब कसरी तिर्ने हो चिन्ता बढेको बहादुर तामाङले बताए । सबै जोड्दा करिब डेढ करोडको नोक्सान भएको उनको भनाइ छ ।
तामाङले सोही गाउँका सुन्दरा गिरीको जग्गालाई वार्षिक तीन लाख भाडा तिर्ने गरेर ११ वर्षदेखि माछाको कारोबार गर्दै आएका छन् । सात विगाह जमिनमा १३ वटा पोखरी बनाएर विभिन्न जातका माछाहरू पालेका थिए । ति मध्ये अहिले चारवटा पोखरीमा भएका बैखा जातका माछा मर्दा पोखरी नै रितिएको छ ।
तामाङ २०६४ सालमा सिन्धुपाल्चोकको टिमुरेबाट लमही आएर माछापालन ब्यवसाय शुरू गरेका थिए । पहिलेदेखि नै मत्स्यपालनमा रूचि भएकोले यही पेशा रोजे तर ब्यबसाय गरेदेखि यो पटक ठूलै घाटा व्यहोर्नुप¥यो तामाङले भने ।
पोखरीमा मरेका माछालाई खाल्डोमा पुरिएको छ । फर्ममा माछा मरेको खबर पाए लगत्तै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले स्थलगत अनुगमन गरेका छन् ।
ठूलो संख्यामा माछा मर्नु दुखद् भएको भन्दै सञ्चालकलाई राहत हुने गरी नगरपालिकाले पहल गर्ने बताए । साथै सक्दो सहयोग उपलब्ध गराउने, त्यसैगरी प्रदेश सरकार र प्रदेशको कृषि मन्त्रालयसँग क्षतिपूर्ति बारे पहल गरिदिने आश्वासन दिएको फर्म सञ्चालक तामाङले बताए ।
यति ठूलो संख्यामा माछा मरेपछि लमही नगरपालिका पशु सेवा कार्यालयले ल्याव परिक्षणका लागि केन्द्रीय मत्स्य प्रयोगशाला बालाजु काठमाडौँमा पोखरीको पानी र मरेका तीनवटा माछा पठाईएको पशु कार्यालय लमहीका प्रमुख शिवराज न्यौपानेले जानकारी दिए । अत्याधिक चिसोका कारण माछा मरेको रिपोर्टमा देखाएको तामाङले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here