Thursday, March 28, 2024
Homeमुख्य खबरपूजा आराधना कार्यक्रम

पूजा आराधना कार्यक्रम

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ फागुन ।

दाङको तुलसीपुरमा एकादशी पूजा आराधना कार्यक्रम भएको छ । कार्यक्रम श्रीमद्भागवत सेवा समितिको आयोजनामा भएको होे ।

संस्थाका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता एवं सानु चुडामणि भण्डारीको प्रमुख आतिथ्यतामा शुक्रबार आमलकी एकादशी व्रतपूजा तथा कथा पारायणमा सहभागीहरूले हिन्दूधर्मको संरक्षण गर्न जरूरी रहेको बताएका थिए ।

समाजमा नैतिकता, असल आचरण, मानवतालगायतका व्यवहारिक संस्कार हराउँदै गएकाले हिन्दूधर्मको संरक्षण र सम्वद्र्धन गर्न जरूरी रहेको कार्यक्रमका सहभागीहरूले बताए । उनीहरूले पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउनका लागि सुरक्षा सतर्कता अपाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा पण्डित नारायण कुमार आचार्यले पूजापाठ तथा कथापारायण गरेका थिए । झग्गुप्रसाद गौतम, रामचन्द्र देवकोटा, घनश्याम उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

पुष्पा देवकोटाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण शेषमणि रिजालले गरेका थिए ।

कार्यक्रममा खिमकान्त आचार्य, जागेश्वर भण्डारी, भीमप्रसाद भण्डारीलगायतले समाजमा हिन्दूधर्मको महत्व र यसले राष्ट्रियतामा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

एकादशी पूजा कार्यक्रम

यसैबीच बृद्ध सेवा समिति तथा जेष्ठ नागरिक समाजले शुक्रबार एकादशी पूजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम झग्गुप्रसाद गौतमको संयोजकत्वमा भएको हो । पण्डित खेमराज अधिकारीद्वारा एकादशी पूजा आराधना गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले हिन्दूधर्मको सधैँ पालना गर्न जरूरी रहेको बताए । धर्मले मानिसलाई असल तथा संस्कारी बनाउने बताए ।

कार्यक्रम पण्डित खेमराज अधिकारीले सहजीकरण गरेका थिए भने भूवनेश्वर आचार्य, नन्दलाल पौडेल लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here