Friday, April 19, 2024
Homeफिचरपुरानो पुस्ताका अनुभव बटुल्दै तुलसीपुर

पुरानो पुस्ताका अनुभव बटुल्दै तुलसीपुर

- Advertisement -spot_img

तुलसीपुर, १० चैत । तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई समाजमा सबैका सामूमा पु¥याउनका लागि ज्येष्ठ नागरिक मनोपरामर्श तथा सम्मान कार्यक्रमको सुरुवात गरेको छ ।
जीवनको लामो समयसम्म उनीहरुले हासिल गरेको अनुभवलाई नयाँ पुस्ताले सिक्न सकून् भनेर उपमहानगरपालिकाले यस्तो अभियानको सुरुवात गरेको हो । ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नका लागि अभियानको सुरुवात गरेको स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । उनले मेरो कथा मेरो जीवन अभियानमार्फत उपमहानगरपालिका भरिका ज्येष्ठ नागरिकका अनुभव आदानप्रदान गरिने पनि बताए ।
अभियानको सुरुवात गर्दै नगरप्रमुख घनश्याम पाण्डेले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताए । ‘ज्येष्ठ नागरिकलाई बोझ ठान्नु हुँदैन, उनीहरुकै कारण अहिलेको विकास सम्भव भएको हो’ उनले भने ।
नगरप्रमुख पाण्डेले ज्येष्ठ नागरिकका अनुभवहरु समाजको सम्पत्तिसमेत भएको बताए । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानका लागि विभिन्न अभियानको समेत सुरुवात गरिएको नगरप्रमुख पाण्डेले बताए । ज्येष्ठ नागरिक सरोकार समिति दाङका भोलानाथ योगीले आधुनिकताको नाममा ज्येष्ठ नागरिकप्रतिको सम्मान घट्दै गएको बताए । जीवनभर सन्तानका लागि योगदान दिने ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने उनको कथन थियो ।
वडा नम्वर ३ का वडा अध्यक्ष विजय विकको स्वागत मन्तव्य एवं ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगारिक समाज दाङका निवर्तमान अध्यक्ष टिकाराम रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा ज्येष्ठ नागरिकको सुगर र मृगौला जाँचका साथै सरसफाई बाकससमेत प्रदान गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाभित्रका सम्पूर्ण वडामा लैजाने अभियानको सुरुवातमा वडा नम्वर ३, ८ र ९ का ज्येष्ठ नागरिकहरुलाई सहभागी बनाइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here