Saturday, March 23, 2024
Homeमुख्य खबरपीडितनगर टोललाई आँपका विरुवा

पीडितनगर टोललाई आँपका विरुवा

- Advertisement -spot_img

तुलसीपुर, २३ असार । सरकारको एक व्यक्ति दुई विरुवाको नीति अनुरुप तुलसीपुर उपमहानगरका स्थानीयहरुलाई विभिन्न जातका आँपको विरुवा प्रदान गरिएको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरको व्यवस्थापन तथा वडा नं. ६ का वडा सदस्य दुजमान भण्डारीको विशेष पहलमा तुलसीपुर उपमहानगरपालिका–६ पीडित नगर टोल विकास संस्थाका स्थानीयहरुलाई आम्रपाली र दशहरी जातको आँपको विरुवा प्रदान गरिएको हो ।
टोल विकास संस्थाका अध्यक्ष भिमबहादुर भण्डारीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा एवं नेकपाका युवा नेता अमित शर्माको विशिष्ट आतिथ्यतामा करिव एक सय घरधुरीलाई प्रति घर दुईका दरले दुई सयवटा विरुवा वितरण गरिएको हो । विरुवा वितरण गर्दै प्रमुख अतिथि केसीले घरको करेसाबारीमा कम्तीमा एउटा फलफुलको बोट अनिवार्य हुनुपर्ने बताए ।
जसले गर्दा भारतबाट ल्याईएका विषादीयुक्त फलफुल किनेर खानु नपर्ने, निर्यात गर्न नसकिए पनि आयात प्रतिस्थापनमा कमी ल्याउन मद्दत पुग्ने बताए । ‘करेसावारी फलेका फलफुल खाँदा पैसाको बचत त हुन्छ नै शरीर पनि स्वस्थ्य हुन्छ, केसीले भने ‘त्यत्तिमात्र नभई व्यक्तिको स्तरसँगै राष्ट्रिय आयमा पनि वृद्धि गर्न मद्दत पुग्छ ।’
फरक प्रसंगमा वौल्दै केसीले भौतिक पूर्वाधार विकास काम हरेक टोल–टोलमा विस्तार भईसकेकाले कुनै पनि टोल तथा गाउँ पीडित हुनु नपर्ने बताए ।
विगतका वर्षहरुमा पीडित भएका टोलहरु प्रगतिशील र मुक्ति टोलबाट चिनिने बताउँदै उनले यसका लागि हरेक टोलवासी, युवा नेतृत्व उर्जाशील भएर लाग्नुपर्ने बताए थिए भने कार्यक्रम सहजीकरण टोल विकास संस्थाका सचिव नारायण भण्डारीले गरेका थिए ।
यसैबीच घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा वृक्षारोपन गरिएको छ । वडा नम्बर ६ का अध्यक्ष रेवबहादुर बुढाथोकीकोे आम्रपाली जातको आँपको विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभआरम्भ गरेका हुन् ।
त्यस अवसर वडा समितिका सदस्यहरु केशवराज बुढाथोकी, कुन्ती कुमारी सिजवाल, विश्वमाया नेपाली कार्यालयका कर्मचारीहरु वडाबासीहरुको सहभागिता रहेको थियो । आँप, काँगती, अम्बा, अशोकलगायतका विरुवा रोपिएको हो ।
त्यस्तै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङको परिसरमा वृक्षारोपण गरिएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले आँपको विरुवा रोपेर वृक्षारोपणको सुरुवात गरेका हुन् ।
केन्द्रको परिसरमा विभिन्न प्रजातिका विरुवा रोप्न कार्यक्रम रहेको केन्द्रका अध्यक्ष श्रीमण न्यौपानेले बताए । त्यस अवसरमा सहभागीले पनि वृक्षारोपण गरेका थिए ।
केन्द्रलाई आत्मनिर्भर र सौन्दर्यकरण गर्नको लागि वृक्षारोपण गरेको अध्यक्ष न्यौपानेले बताए । केन्द्रलाई मावन कल्याण तथा वातावरण संरक्षण केन्द्र, वन पैदावार समितिले आँप, कागती, कटर र अन्य प्रजातिका विरुवा सहयोग गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here