Friday, April 19, 2024
Homeमुख्य खबरपाल्पाली पोलिक्लिनिकको निःशुल्क शिविर

पाल्पाली पोलिक्लिनिकको निःशुल्क शिविर

- Advertisement -spot_img

तुलसीपुर, २४ मंसिर । तुलसीपुर उपमहानगरपालिका–२ बालापुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विगतदेखि सामाजिक कार्य गर्दै आएको तुलसीपुरमा स्थापित पाल्पाली पोलिक्लिनिक प्रालिले सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं २ बालापुर स्थित मिलनचोक टोल विकास संस्थामा शिविर गरेको हो ।
सबैको पहुँचमा गुणस्तरीय स्वास्थ्य भन्ने मुल उद्देश्यले सुगर र थाइराइडको विटिएमएस ल्यावबाट परिक्षण गरिएको प्रालिका सञ्चालनक सुरज ज्ञवालीले जानकारी दिए ।
निःशुल्क शिविरमा १ सय ३५ जना व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए । टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद वलीको अध्यक्षता एवं वडा नं २ का वडा अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यतामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सुगर र मृगौलाको जाँच गरिएको हो । प्रालिले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यले मासिक कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । प्रालिमा एमविविएस डाक्टरबाट निःशुल्क रूपमा समेत दैनिक बिरामी चेकजाँच हुँदै आएको जनाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here