Sunday, March 24, 2024
Homeफिचरपानीमा भेटियो दिसामा पाइने जीवाणु

पानीमा भेटियो दिसामा पाइने जीवाणु

- Advertisement -spot_img

शान्तिनगर, १४ जेठ ।
शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला चार दिन पुग्दासमेत नियन्त्रणमा अझै आउन सकेको छैन । मानिसको दिसामा पाइने जीवाणु खानेपानीको मुहानमा जाँदा त्यस क्षेत्रमा झाडापखाला फैलिएको पुष्टि भएको छ ।
शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको कारण पानीमा भएको कोलिफर्म जीवाणुको कारण झाडापखाला फैलिएको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख हरि पुनले बताए । तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रयोगशालामा गरिएको परिक्षणमा खानेपानीमा कोलिफर्म जीवाणु भेटिएको हो ।

शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको कारण पानीमा भएको कोलिफर्म जीवाणुको कारण झाडापखाला फैलिएको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख हरि पुनले बताए ।


शुक्रबारदेखि फैलिएको झाडापखालाले सोमबार बेलुकासम्म बिरामी हुनेहरुको संख्या एक हजार पाँचसय नाघेको छ । अहिले पनि उक्त क्षेत्रमा गाउँपालिकामा रहेको स्वास्थ्य टोली, नेपाली सेनाको चिकित्सक टोली, राप्ती उपक्षेत्रीय अस्पतालको चिकित्सक टोली, जिल्ला जनस्वास्थ्य कार्यालयको स्वास्थ्य टोली, नेपाल रेडक्रस सोसाईटीको टोलीले उपचार सेवा दिइरहेका छन् । विभिन्न संघसंस्था प्रतिनिधिहरुको टोली निरन्तर प्रभावित क्षेत्रमा खटिरहेको छ ।

सोमबार पानीको मुहान क्षेत्रको अनुगमन समेत गरिएको छ । अनुगमनको क्रममा खोलाको फोहर पानी मुहानमा गएको पाइएको नेपाल रेडक्रस सोसाईटीका पवननगर उपशाखा सभापति विमल केसीले बताए । अनुगमनमा खटिएको टोलीले सोमबार खानेपानी ट्याङ्कीको समेत सरसफाई गरेको थियो ।
अझै दुई दिनसम्म पानी वितरण गर्न नमिल्ने अनुगमन टोलीमा संलग्न रेडक्रस पवननगर उपशाखा सभापति विमल केसीले जानकारी दिए । अनुगमन टोलीमा युनिसेफ र विभिन्न युएन एजेन्सीका साथै जिल्ला जनस्वास्थ्य, नेपाली सेना, गाउँपालिका, नेपाल रेडक्रस सोसाईटीलगायतको टोलीको सहभागिता रहेको थियो । सोमबार पनि उपचारका लागि अस्पतालमा आउने बिरामीहरु बिहानैदेखि आएको र बिरामीको संख्यामा कुनै कमि नआएको शान्तिनगर गाउँपालिका प्रमुख कमानसिङ डाँगीले बताए । सोमबार बेलुका मात्र रोग नियन्त्रण महाशाखाको प्राविधिक टोली दाङ आइपुगेको छ ।


झाडापखाला क्षेत्रमा संघीय र प्रदेश सरकारको बेवास्ता

शान्तिनगर गाउँपालिकामा विगत चार दिनदेखि फैलिएको झाडापखाला नियन्त्रणमा संघीय तथा प्रदेश सरकारले ध्यान नलिएको स्थानीय सरकारले आरोप लगाएको छ । गाउँपालिका प्रमुख कमानसिङ डाँगीले गाउँपालिकाको दुई वडामा फैलिएको झाडापखालाले महामारीको रुप लिदासम्म पनि संघीय र प्रदेश सरकारले चासो नदिएको गुनासो गरेका छन् ।
अहिलेसम्मको अवस्थालाई ब्यवस्थापन स्थानीय सरकारले सहजरुपमा गरेको छ, उनले भने, हामीलाई विभिन्न सहयोगी संस्था र निकायले सहयोग गरेका छन् । तर दुबै तहको सरकार अहिलेसम्म मौन छ, विभागीय मन्त्रालय, रोग नियन्त्रण महाशाखाजस्ता निकायहरु गम्भीर देखिएनन् उनले भने, अहिलेसम्म कसैको ध्यान गएको छैन ।
रोग नियन्त्रण महाशाखा, स्वास्थ्य विभागले सरकारले चासो लिनुपर्ने थियो, अहिलेसम्म गाउँपालिकामा कुनैपनि सहयोग तथा विज्ञ टोली आएनन्, स्थानीय तहले यती ठूलो प्रकोपमा कसरी काम गर्न एक्लै सक्छ, अध्यक्ष डाँगीले भने । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ मा फैलिएको झाडापखालाबाट सोमबारसम्ममा १२ सय ७० जना बिरामी परेका छन् । चौथो दिनमात्रै १ सय ४५ जना थप बिरामी आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए ।

अहिलेसम्मको अवस्थालाई ब्यवस्थापन स्थानीय सरकारले सहजरुपमा गरेको छ, उनले भने, हामीलाई विभिन्न सहयोगी संस्था र निकायले सहयोग गरेका छन् । तर दुबै तहको सरकार अहिलेसम्म मौन छ, विभागीय मन्त्रालय, रोग नियन्त्रण महाशाखाजस्ता निकायहरु गम्भीर देखिएनन् उनले भने, अहिलेसम्म कसैको ध्यान गएको छैन ।


केही बिरामी स्वास्थ्य चौकीमा नआई सिधै अस्पताल गएका र स्वास्थ्य चौकी आउने क्रम पनि जारी रहेकाले बिरामीको संख्या अझै बढ्न सक्ने देखिएको छ । बिरामीलाई स्वास्थ्य चौकीसम्म ल्याउन र उपचारमा कमि हुन नदिन गाउँपालिकाले नेपाली सेना १९ नम्बर बाहिनीको १ र अन्यत्रबाट २ गरी ३ वटा एम्बुलेन्स गाउँमा परिचालन गरेको गाउँपालिका अध्यक्ष डाँगीले जानकारी दिए । बिरामी भएका मध्ये ४३ जनालाई तुलसीपुरका विभिन्न अस्पतालहरुमा रिफर गरिएको र चारजनालाई नेपालगंज रिफर गरेर उपचार भइरहेको स्वास्थ्य शाखा प्रमुख हरि पुनले जानकारी दिए । उपचारका लागि अन्य स्वास्थ्य चौकीको पनि सहयोग लिइएको छ ।
प्रदूषित पानीबाट गाउँमा झाडापखाला फैलिएको बताइएको छ । वडा नम्बर ३ को पातेटाकुरा, चिराघाट, रसाल गाहाखोला र वडा नम्बर ४ को माले चौतारा, कटबेरी टोल हिरापुर, गिधनिया गाउँका मानिसहरु झाडापखालाबाट बिरामी भएका छन् । यसैबीच माइलीपानी मुहान र ट्याङ्की तथा धाराहरुलाई खानेपानी डिभिजनको सहयोगमा शुद्धिकरण विधिहरु अपनाइएको छ । प्रभावित क्षेत्रमा तुलसीपुर खानेपानीले पानी वितरण गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here