Friday, March 29, 2024
Homeसाहित्य‘पहराको जून’ विमोचन

‘पहराको जून’ विमोचन

- Advertisement -spot_img

घोराही, ५ असोज । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि यम रेग्मीद्वारा लिखित ‘पहराको जून’ नामक छन्दोवद्ध कविता सङ्ग्रहको शनिबार दाङ घोराहीमा विमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा प्राज्ञ डा.गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि डा. आचार्यलगायतका अतिथिहरुले संयुक्तरुपमा विमोचन गरिएको हो । उक्त कृतिको समीक्षा डा. हिमलाल पन्थी र डा. कृष्णराज डिसीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ डा. गोविन्द आचार्य, सल्लाहकार उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेलगायतले शुभेच्छा प्रकट गरेका थिए भने पुस्तकका लेखक यम रेग्मीले धन्यवाद व्यक्त गरेका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष नगेन्द्र गुरुको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको सहजीकरण प्रकाश केसीले गरेका थिए ।

यात्रा संस्मरणको विमोचन

यसैबीच साहित्यकार पद्मप्रसाद शर्मा लिखित ढिकपुरदेखि अर्घाखाँचीसम्मको यात्रा संस्मरणको शुक्रबार बिमोचन गरिएको छ । प्रगतिशील लेखक संघ दाङको आयोजनामा साहित्यकार शर्माले तेह्रौँ कृतिका रुपमा प्रकाशित गरेको ढिकपुरदेखि अर्घाखाँचीसम्मको यात्रालाई सस्मरणको रुपमा पुस्तक तयार पारेर जन्मदिनका अवसरमा बिमोचन गरिएको हो ।
प्रगतिशील लेखक संघका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता एवं बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा यात्रा सस्मरणको विमोचन गरिएको हो ।
यात्रा सस्मरण पुस्तकको समीक्षा गर्दै साहित्यकार टीकाराम उदासीले पढ्दा रोचक र बुझाईमा सरलता रहेको उल्लेख गरे । पुस्तक पढ्दै जाँदा यात्राकै झल्को दिने अनुभवहरु कोरिएको बताए । साहित्यकार शर्माको लेखनीमा सत्यता, यथार्थतासँगै सिर्जनतात्मक नवीनता उल्लेख भएको टिप्पणी गरे ।
कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले सस्मरणले समय र परिस्थितिलाई जीवन्त राख्ने बताए । शर्माका साहित्यीक सामग्रीहरु समाजको दर्पणका रुपमा रहने उल्लेख गरे ।
त्यसैगरी प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा. अमर गिरीले समाज रुपान्तरण र जीवनलाई दस्ताबेजका रूपमा राख्न यस्ता सस्मरणले सहयोगी भूमिका खेल्ने बताए ।
उनले संविधान दिवसको अवसरमा संविधानलाई सर्वस्विकार्य बनाउनुपर्नेमा समेत जोड दिए । लोकतान्त्रिक हिसाबले संविधान पूर्ण रहेपछि असन्तुष्टिका स्वरहरुलाई पनि समीक्षा गर्नुपर्ने आवश्यक रहेको बताए ।
कार्यक्रममा साहित्यकार शर्मालाई पढाएका शिक्षक चेतनाथ शर्मा, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, प्रगतिशील लेखक संघका सल्लाहकार गिरिराज शर्मा, संघका प्रदेश अध्यक्ष केशव थापा,
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष कमलमणि देवकोटा, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, स्तम्भकार समाजका अध्यक्ष केवि मसाल, ढिकपुर दीगो विकासका अध्यक्ष भोजराज शर्मा, प्यूठान दाङ सम्पर्क मञ्चका अध्यक्ष विष्णु सुवेदीलगायतले साहित्यकार शर्मालाई शुभकामना दिएका थिए ।
पुस्तकको साहित्यकार शर्माका आधारभूत कक्षामा पढाएका शिक्षक चेतनाथ पोख्रेल, बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा र संघका पूर्व केन्द्रीय अध्यक्ष डा. अमर गिरीले विमोचन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here