Friday, April 19, 2024
Homeमुख्य खबरपवननगरमा ल्याव सेवा

पवननगरमा ल्याव सेवा

- Advertisement -spot_img

तुलसीपुर, २१ भदौ । तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्रका विभिन्न वडाहरुमा जनतालाई प्रत्यक्ष स्वास्थ्य सेवाको पहुँच पु¥याउन स्वास्थ्य केन्द्रहरुको स्थापनाको कार्य सुरुवात गरेको छ । उपमहानगरपालिकाले वडा नम्वर १ पवननगरमा ल्याव परिक्षण केन्द्रको बुधबार स्थापना गरेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य सेवामा सामान्य जनताको पहुँच पु¥याउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताएका छन् । ल्याव परिक्षण केन्द्रको उद्घाटन गर्दै उनले आर्थिक अवस्थाका कारण कोही पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्नका लागि उपमहानगरपालिकाले हरेक वडामा स्वास्थ्य केन्द्र र ल्याव निर्माण गरिरहेको बताए । जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताउँदै नगर प्रमुख पाण्डेले उपमहानगरपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘आर्थिक अभावका कारण कोही पनि बिरामीहरुले अकाल मै ज्यान गुमाउने वातावरण आउन नदिन आफूहरुले वडाहरुमा स्वास्थ्य केन्द्रका साथै ल्याव केन्द्रको स्थापना गरिरहेको उनले बताए । त्यस अवसरमो बोल्दै उपप्रमुख माया आचार्यले ग्रामीण भेगमा स्वास्थ्य सेवा पु¥याउनका लागि उपमहानगरपालिकाले विशेष योजना ल्याएको बताउँदै चुनावमा आफूले गरेका प्रतिवद्धता पूरा गर्नका लागि सदैब आफूहरु प्रतिवद्धसमेत रहेको बताइन् ।
पवननगर उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहाल, उपस्वास्थ्य चौकी इन्जार्च प्रभात रश्मी धिताल, तुलसीराम न्यौपाने, प्रेम न्यौपाने, लिलाराम न्यौपानेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सहजीकरण स्वास्थ्यकर्मी धनबहादुर बुढाथोकीले गरेका थिए । तुलसीपुर उपमहानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखाले तीन लाख मुल्य बराबरको प्रयोगशाला उपलब्ध गराएपछि सेवा सुचारु भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here