Thursday, April 18, 2024
Homeफिचरपर्याप्त छैनन् दमकल

पर्याप्त छैनन् दमकल

- Advertisement -spot_img

घोराही, १९ चैत । हावाहुरीको समय शुरु भईसकेको छ । हावाहुरीबाट आगलागी हुने बढी सम्भावना हुन्छ । प्रत्येक वर्षमा दाङमा आगलागीकै कारण धनजनको क्षति भईरहेको छ । आगलागी हुनुभन्दा पनि समयमै नियन्त्रण लिन नसक्दा करोडौको धनजनको क्षति भएको छ भने मानवीय क्षति पनि भएको छ ।
दाङमा हावाहुरीको समय होस् वा अन्य कुनै समयमा कुनै कारणले आगलागी भयो भने नियन्त्रण गर्नको लागि अति आवश्यक पर्ने वारुणयन्त्र (दमकल) पर्याप्त मात्रामा छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै स्थानीय तहलाई हावाहुरीको मौसम सुरु भइसकेकाले २४सैँ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिसकेको छ । हावाहुरीको मौसम सुरु भइसकेकाले सबै स्थानीय तहलाई बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न निर्देशन पनि छ ।
हावाहुरीबाट आगलागी सम्भावना बढी हुने र जसले धनजनको क्षति हुने भएको पूर्व सजकता अपनाउन स्थानीय तहलाई निर्देशन दिएको हो । दाङमा रहेका दशवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा मात्र दमकलको व्यवस्था गरिएको छ ।
लमही नगरपालिका, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा गरी तीनवटा तहमा मात्रै दमकलको व्यवस्था गरिएको छ । बाँकी अन्य स्थानीय तहमा भने दमकल छैनन् । दाङमा धेरैजसो आगलागी हुने देउखुरीको राजपुर गाउँपालिका, गढवामा धेरै आगलागी हुने गर्दछ ।
त्यसैगरी दंगीशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकामा पनि आगलागीका घटना हुने क्षेत्रमा पर्दछ । तर ती स्थानीय तहमा आगलागी नियन्त्रण गर्नको लागि कुनै यन्त्रहरुको व्यवस्थापन गरिएको छैन् ।

दाङमा हावाहुरीको समय होस् वा अन्य कुनै समयमा कुनै कारणले आगलागी भयो भने नियन्त्रण गर्नको लागि अति आवश्यक पर्ने वारुणयन्त्र (दमकल) पर्याप्त मात्रामा छैनन् ।


२०७५ साल बैशाख महिनादेखि फागुन मसान्तसम्ममा जिल्लामा ८९ घरधुरीमा आगलागी भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको दैविक प्रकोप उद्धार समितिले जनाएको छ । त्यसबाट १५ करोड १३ लाख १५ हजार रुपैयाँको धन नष्ट भएको समितिले जनाएको छ ।
आगलागीबाट धनको मात्रै होईन् ११ महिनाको अवधीमा आगोमा परी जलेर ६ जनाको मृत्युसमेत भएको छ । त्यस्तै २०७४ मा आगलागीबाट ७५ घरधुरी जलेर नष्ट भएको थियो ।
जसको कारण ७४ लाख ३९ हजार धनको क्षति भएको थियो । केही समय पहिले दाङमा पश्चिम क्षेत्रमा एकै घरको दुई बालबालिकाको जलेर ज्यान गुमाएका थिए भने आँखा अगाडी घर जलेर खरानी भएको थियो ।
दाङमा पर्याप्त मात्रामा दमकल भएको भए आगलागीबाट भएका घटनाहरुको न्यूनीकरण तथा नियन्त्रण गर्न सकिन्थ्यो । सहरी क्षेत्रमा विद्युत सर्ट भएर आगलागीका घटना भएका छन् भने ग्रामीण क्षेत्रमा खरको छानाका कारण आगलागी भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका खिलानाथ दाहालले बताएका छन् ।
‘ग्रामीण क्षेत्रमा चुलोमा आगो बालेर ननिभाउने, चुरोटको ठुटा खाएर जथाभावी फाल्दा घरमा आगलागी घटनाहरु भएको पाईएको छ’ दाहालले भने ‘शहरी क्षेत्रमा प्रायजसो विद्युत सर्ट भएर आगलागी भएका छन् ।’
घोराही उपमहानगरपालिकामा दुईवटा दमकल चालु अवस्थामा रहेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । ‘पहिलेको पुरानो दमकललाई मर्मत सम्भार गरेर चालु गरिएको छ’ घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीले भने ‘आर्थिक वर्ष ०७४÷७५मा नयाँ दमकल खरिद गरिएको छ ।’
कुनै पनि घर वा स्थानमा आगलागी भएको सूचना पाउनासाथ दमकल र दमकलका कर्मचारी तयारी अवस्थामा रहेको उनले बताए । आगलागी भएको सूचनाहरु आउने गरेको समयमै घोराही क्षेत्रका सम्भावित घटनाहरु नियन्त्रण तथा न्यूनीकरण गरिएको समेत उनले बताए ।
दमकलसहित तीनजना कर्मचारी तालिम दिएर तयारी अवस्थामा रहेको उनले बताए । राजपुर गाउँपालिकाका प्रमुख लोकराज केसीले बजेट अभावका कारण दमकल खरिद गर्न नसकेको बताउँछन् ।
मन्त्रालयले चौबिसै घण्टा दमकलको व्यवस्थापन गर्न निर्देशन दिएपनि बजेट नपठाएको उनले बताए । दमकल नहुँदा आगो नियन्त्रण गर्न समस्या भएको उनले बताए । ‘गाउँपालिकामा आगलागीको घटना भईरहन्छन्, दमकल छैन्’ उनले भने ‘गाउँलेहरुको सहयोगले नियन्त्रण लिने गर्दछौं ।’
दमकल मर्मत सम्भार गर्नुपर्ने अवस्था भए तत्काल मर्मत सम्भार गरी चालू अवस्थामा राख्नुपर्ने आगलागी तथा डढेलोका घटना घटेको सूचना पाउनसाथ बारुणयन्त्र र जनशक्ति परिचालन गरी क्षति हुन नदिने तर्फ सजकता अपनाउन स्थानीय तहलाई निर्देशनसमेत दिइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here