Friday, March 29, 2024
Homeफिचरनौ हजार नाघ्यो संक्रमण

नौ हजार नाघ्यो संक्रमण

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, ८ असार । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमितको संख्या नौ हजारमाथि पुगेको हो ।
आइतबार मात्र ४ सय २१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ र आरडीटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २२ प्रयोगशाला पीसीआर विधिबाट ६ हजार ८ र आरडिटी विधिबाट ९ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ छन् भने आइसोलेसनमा ७ हजार २ सय ३१ जनाको उपचार भइराखेको छ ।
आइतबार ८ महिला र १ सय ८६ पुरूष गरेर १ सय ९४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या भने १ हजार ७ सय ७२ पुगेको छ । जसमध्ये १ सय ४९ महिला र १ हजार ६ सय २३ पुरूष रहेका छन् ।
आइतबार ४ सय २१ जना संक्रमितमध्ये ६४ महिला र ३ सय ५७ पुरूष छन् । कुल संक्रमित ९ हजार २६ मध्ये ८ सय २० महिला र ८ हजार २ सय ६ पुरूष छन् । मृतकको संख्या २३ पुगेको छ । कोरोनाले ज्यान गुमाएका २३ मध्ये चार महिला र १९ पुरूष छन ।

२३ को मृत्यु नेपालमा कोरोनाभाइरस

(कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका–५ का ६९ वर्षीय पुरूषको मृत्यु भएको हो ।
प्यारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
गौतमका अनुसार मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ ।


दाङमा थप ११ मा कोरोना

प्रदेश टुडे
दाङ, ८ असार । दाङमा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ सय ६५ जनाको गरिएको स्वाव परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३, घोराही उपमहानगरपालिकाका २ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ गरी ११ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा बसेका ३४ जनामध्ये १५ जनाको परिक्षणमा ५ जनामा पोजेटिभ देखिएको हो । तुलसीपुर १३, १६ र १८ नम्बर वडाका १९, १६, १९, २३ र ३९ बर्षका पुरुषमा कोरोना देखिएको छ । त्यस्तै गढवाको कालाकाँटे क्वारेन्टाइनमा बसेका ७९ जनामध्ये २० जनाको जाँच गर्दा वडा नम्बर १, २ र ५ का १४, २४ र १५ बर्षका ३ पुरुषमा पनि कोरोना देखिएको हो ।
यसैगरी, घोराही उपमहानगरको २ सय ६७ जनामध्ये १ सय ३१ जनाको स्वाव परिक्षण भएकोमा वडा नम्बर १ का ३२ र वडा नम्बर ३ का ३४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ सय २४ जना स्वास्थ्यकर्मी एवं कर्मचारीमा गरिएको परिक्षणमा रोल्पा घर भएका २५ बर्षिय पुरुष एकजना स्वास्थ्यकर्मीमा कोरोना देखिएको प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिए ।
बंगलाचुलीको ९५ वटा स्वावमा ७० वटाको जाँच गर्दा सबै नेगेटिभ नतिजा आएको छ । प्रतिष्ठानमा अब ३ हजार २ सय ४४ जनाको स्वाव परिक्षण हुन बाँकी रहेको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६३ जना स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिष्ठानमा कार्यरत १२ जना चिकित्सक र ५१ जना स्वास्थ्यकर्मी संक्रमित व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा रहेर काम गरेका कारण उनीहरुलाई क्वारेन्टाइनमा राखिएको प्रतिष्ठानले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here