Tuesday, April 16, 2024
Homeफिचरनेपाल शिक्षक संघको २९औँ स्थापना दिवस

नेपाल शिक्षक संघको २९औँ स्थापना दिवस

- Advertisement -spot_img

घोराही, १९ जेठ ।
नेपाल शिक्षक संघको २९औं स्थापना दिवस तथा २०औं प्रतिनिधि सभा घोराहीमा भएको सम्पन्न भएको छ । संघका अध्यक्ष युवराज बस्नेतको अध्यक्षतमा कार्यक्रम भएको हो । महिला उपाध्यक्ष अन्नता केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वक्ताहरुले शिक्षामा ठाडो हस्तक्षेप भएको बताए ।
बहुमत प्राप्त बलियो भनिने सरकारले शिक्षा क्षेत्रमा विद्यमान समस्या समाधान उन्मुख रहेकै अवस्थामा ऐन नियमावली विपरीत अस्थायी शिक्षक व्यवस्थापन, दरबन्दी मिलान सरुवा लगायतको विषयमा कार्य गरेको गुनासो गरे ।
भर्खर सरुवा भई दाङ आएका शिक्षा समन्वय प्रमुख सूर्यराज घिमिरेले शिक्षक संघ दाङले सम्मान शैक्षिक उपलब्धि वृद्धिलगायतका विषयमा गरेका कार्यले भावी पुस्तालाई उत्साह जगाउने यस्ता गतिविधि गर्दा पेसागत र समग्र शिक्षामा सकारात्मक सन्देश जाने बताए ।
प्रदेश ५ का अध्यक्ष अर्जुन योगीले शिक्षकको पेसा माथि ठाडो हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिए ।
नेपाल शिक्षक संघ संघीय उपाध्यक्ष अमर खड्काले स्थानीय तहमा शिक्षा नियमावली विपरीत संघमा आवद्ध शान्तिनगर शिक्षक माथि भएको अभद्र व्यवहारप्रति स्थानीय जनप्रतिनिधिहरुलाई सचेत रहन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षक काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले स्वयं शिक्षकको पीडाबाट अनुभवी भएकाले सरकार वा अन्य कुनै निकायले थप पीडा नदेओस् भन्ने सुझाव दिए । पार्टीको हरेक गतिविधिमा दाङका शिक्षकहरुले गरेको कार्य अनुकरणीय रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघका संघीय उपाध्यक्षहरु अमर खड्का, भरत लम्साल, प्रेम भट्टराई, प्रेदश नम्बर २ अध्यक्ष मेघनाथ यादव, प्रदेश नम्बर ५ का अध्यक्ष अर्जुन कुमार योगी, पूर्व केन्द्रीय उपाध्यक्ष गोविन्द न्यौपाने, पूर्व जिल्ला अध्यक्ष शंकर दिवस मजगैयाँ, संघीय सदस्य केशव खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधि श्यामा रावत, अखिल नेपाल शिक्षक संगठनका डिल्लीराज डाँगी, ईश्वरी पाण्डेलगायतले मन्तव्य राख्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उपाध्यक्ष योगराज खत्रीले सहभागीहरुलाई धन्यवाद दिएका थिए । सचिव प्रकाश डाँगीले सांगठनिक र अर्थ सचिव पूर्ण केसीले आर्थिक प्रतिवेदन प्रस्तुति गरेका थिए । कार्यक्रममा ६ दर्जन शिक्षक सम्मानित भएका थिए । सहजीकरण सचिव प्रकाश डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here