Saturday, April 20, 2024
Homeमुख्य खबरनेपाल शिक्षक महासंघको प्रदेश स्तरीय धर्ना

नेपाल शिक्षक महासंघको प्रदेश स्तरीय धर्ना

- Advertisement -spot_img

बुटवल, ९ मंसिर । नेपाल शिक्षक महासंघको देशव्यापी आन्दोलनअन्तर्गत ५ नम्बर प्रदेश स्तरीय धर्ना शुक्रबार बुटवलमा धर्ना दिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षामा ठाडो हस्तक्षेप, शिक्षकहरुमाथिको गणतन्त्रको उपहार भएको भन्दै व्यङ्ग्य गरेका थिए । उनीहरुले शिक्षामा ऐन नियमावली विपरीत दुई तिहाइको दम्भमा सरकारले शिक्षक मात्र नभर्ई समग्र शिक्षामा दमन गर्ने कार्य गरेको बताएका थिए ।
नेपाल शिक्षक महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेमनारायण भण्डारीको सभापतित्वमा तथा शिक्षक महासंघ केन्द्रीय उपाध्यक्ष हेमचन्द्र महतोको प्रमुख अथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका प्रेमनारायण भण्डारीले बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी स्थानीय तह, जिल्ला र प्रदेशस्तरीय कार्यक्रम गरिरहदा अहिलेसम्म सरकारद्वारा आफ्ना मागहरुको सम्बोधन नगरेको र तत्काल माग सुनुवाइ नभए आगामी मंसिर १४ देखि २१ गते हुने केन्द्रीय आन्दोलनमा आफूहरु कडा रूपमा प्रस्तुति हुने चेतावनी दिए ।
प्रदेश नम्बर ५ नेपाल शिक्षक संघका अध्यक्ष अर्जुन योगीले शिक्षामा कुनै पनि किसिमको राहत नभई स्थायी रूपमा समाधान खोजी गर्नुपर्ने बताउँदै राहतमा कार्यरत शिक्षकहरुलाई दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लैजानुपर्ने र स्थानीय तहमा शिक्षामा हस्तक्षेप रोकिनु पर्ने बताए । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष अमरबहादुर खड्का, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्यहरु द्रोण वली, उद्धव न्यौपाने, एकीकृत अखिल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष बसन्त अधिकारी लगायतले आफ्ना भनाई राखेको कार्यक्रमको सहजीकरण नेपाल शिक्षक महासंघका प्रदेश महासचिव पूर्णचन्द्र पोख्रेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here