Thursday, April 11, 2024
Homeमुख्य खबरनेकपाबाट तीनजना सिफारिस

नेकपाबाट तीनजना सिफारिस

- Advertisement -spot_img

दाङ, ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी दाङ निर्वाचन क्षेत्र नम्बर ३ को (२)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तीनजना उम्मेदवारको नाम छनोटका लागि जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा हुने उपनिर्वाचनका लागि नेपाल नेकपाले प्राथमिकताका आधारमा उम्मेदवार सिफारिस गरेको हो । बिहीबार बसेको बैठकले विमला ओली, चूर्ण बहादुर ओली र शोभाराम बस्नेतको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
३ नम्बर क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र २ का संयोजक चूर्णबहादुर ओलीको अध्यक्षतामा भएको बैठकले एकजना उमेद्वारको नाम छनोट गर्न तीनजनाको नाम सिफारिस गरेको हो ।
अब नेकपा दाङको बैठकले एकजना उम्मेदवारको नाम टुङ्गो लगाउन प्रदेश कमिटीमा पठाउने छ । सवारी दुर्घटनामा परी प्रदेश सांसद उत्तरकुमार ओलीको मृत्यु भएपछि त्यस क्षेत्रमा चुनाव हुन लागेको हो ।
यसअघि नेपाली काँग्रेसले पनि सोही पदका लागि किरण शाह, केशव आचार्य, खिमप्रसाद खराल, चूडामणि ढकाल, जगत खड्का, टीका घर्ती, भरत केसी, मदन रसिक, शंकर डाँगी, सुरेश हमालको नाम जिल्लामा पठाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here