Monday, March 18, 2024
Homeफिचरनिर्वाचन क्षेत्र पूर्वाधार विकास बैठक

निर्वाचन क्षेत्र पूर्वाधार विकास बैठक

- Advertisement -spot_img

दाङ, ८ कात्तिक । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्लामा छलफल शुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ स्थानीय विकास पूर्वाधार विकास साझेदारी परामर्श समितिको बैठक बुधबार घोराहीमा सम्पन्न भएको छ । निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीको संयोजकत्वमा बैठक भएको हो ।
बैठकमा प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, लमही नगरपालिका प्रमुख, घोराही उपमहानगरपालिका कार्यबाहक प्रमुख, राप्ती र राजपुर गाउँपालिका प्रमुखहरुको सहभागिता थियो । ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि छलफल शुरु भएको छ’ जिल्ला समन्वय समिति दाङका समन्वय अधिकारी कृष्ण प्रसाद गौतमले भने ‘अब बाँकी निर्वाचन क्षेत्रको पनि छलफल शुरु हुनेछ ।’ उनका अनुसार बुधबार निर्वाचन क्षेत्र नम्बर १ को परामर्श समितिको बैठकले कात्तिक ११ गते योजनामा छलफल गर्ने निर्णय गरेको छ । परामर्श समितिमा छलफल भएका योजना निर्देशक समितिमा पठाउने व्यवस्था छ ।
निर्देशक समितिले पास गरेमा योजनाहरु कार्यान्वयनमा जाने छन् । दाङमा तीनवटा निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचन क्षेत्रको लागि सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कार्यक्रमअन्तर्गत २० योजना छनौट गनुपर्ने व्यवस्था छ । ५०÷५० लाखका दुईवटा योजना र बाँकी १० लाखभन्दा माथिका अन्य योजना छनौट गर्नुपर्ने नीतिगत व्यवस्था भएको समन्वय अधिकारी गौतमले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here