Friday, April 19, 2024
Homeमुख्य खबरनिगमको मूल्यमा ग्यास बिक्री गर्ने सहमति

निगमको मूल्यमा ग्यास बिक्री गर्ने सहमति

- Advertisement -spot_img

घोराही, १० साउन ।
जिल्लाका ग्यास बिक्रेता ब्यवसायीहरुले आयल निगमले तोकेको मूल्यमा बिक्री बितरण गर्ने सहमति भएको छ । तोकिएको मूल्यभन्दा बढीमा बिक्री भएको गुनासोका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले आयल निगमले तोकेको मूल्यमा बिक्री वितरण गर्ने सहमति भएको हो ।
आयल निगमले जिल्लामा ग्यासको मूल्य एक हजार तीन सय ४० रुपैयाँ तोकेको छ । तर जिल्लाका ग्यास बिक्रेताहरुले एक हजार तीन सय ७५ रुपैयाँसम्म बिक्री गर्दै आएको गुनासोका आधारमा छलफल भएको थियो । ढुवानी गरे बाफत ब्यवसायीहरुले एक हजार तीन सय ७५ रुपैयाँ मूल्य र ढुवानीको पचास रुपैयाँ लिने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको बैठकले मूल्य समायोजन गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
साथै ग्यासको मूल्य आयल निगमले तोकेको भन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएमा कडा कारबाही गर्ने पनि निर्णय गरिएको छ । उपभोक्ताहरुले ग्यासको मूल्यप्रति गुनासो गरेपछि प्रशासनले मूल्य आयल निगमले तोके अनुसार लिन ब्यवसायीलाई अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here