Thursday, April 18, 2024
Homeमुख्य खबरनिःशुल्क स्वास्थ्य शिविर हुने

निःशुल्क स्वास्थ्य शिविर हुने

- Advertisement -spot_img

तुलसीपुर, २ फागुन । आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै तुलसीपुरमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ बालापुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
कोहलपुर मेडिकल कलेजको प्राविधिक सहयोग र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा सञ्चालन हुन लागेको शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सचिन ढुंगेल, कन्सल्टेन्ट फिजिसियन डा. प्रवेश पन्त, पोषण विज्ञ डा. गीता शाह र सर्जु बराल, मानसिक रोग विशेषज्ञ डा. रितु पौड्याल, डा. श्रीधर खड्का लगायतको सहभागिता रहने वडा अध्यक्ष राजु आचार्यले जानकारी दिए । उनले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको बताएका छन् । शिविर फागुन ३ गते शुक्रबार बालापुर विद्यालमा सञ्चालन हुने भएको वडा अध्यक्ष आचार्यले जानकारी दिए । शिविरमा स्वास्थ्य परीक्षण र औषधि निःशुल्क वितरण गरिने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here