Friday, April 19, 2024
Homeफिचरनिःशुल्क स्वास्थ्य शिविर

निःशुल्क स्वास्थ्य शिविर

- Advertisement -spot_img

मसुरीया (दाङ), २० असार ।
राप्ती गाउँपालिका वडा नम्बर ६ को आयोजनामा जेष्ठ नागरिकहरुका लागि आँखा तथा स्वास्थ्य चेकजाँच निःशुल्क स्वास्थ्य शिविर बुधबार पत्थर गढवामा भएको छ । आँखा तथा स्वास्थ्य चेकजाँच निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिका नागरिकहरुको स्वास्थ्यप्रति सजग रहेको तथा सहज स्वास्थ्य सेवा पु¥याउन राप्ती गाउँपालिकाले पाँच स्थानबाट सुलभ सेवा दिइरहेको र आकस्मिक तथा आवश्यकता अनुसार शिविर पनि वडागत रुपमा सञ्चालन गर्दै आएको हुँदा प्रारम्भिक स्वास्थ्य सेवा पायक पर्ने स्थानबाट लिनसमेत आग्रह गरे ।
आँखा तथा स्वास्थ्य चेकजाँच निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रम वडा अध्यक्ष बेदप्रसाद चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रवक्ता विद्याशरण चौधरीको विशिष्ठ आथित्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो ।
लमही आँखा अस्पतालका आँखा विशेषज्ञ लालबहादुर चौधरी तथा नेपालगंज मेडिकलका डाक्टर प्रज्वल श्रेष्ठको टिमबाट स्वास्थ्य तथा आँखा चेकजाँच गरिएको आँखा तथा स्वास्थ्य चेकजाँच निःशुल्क स्वास्थ्य शिविरमा एक सय असी बढी जेष्ठ नागरिक तथा अन्य नागरिकले स्वास्थ्य चेकजाँच गरी ल्याबसहितको सेवा प्राप्त गरेको राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा सचिव मंगलप्रसाद चौधरीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here