Tuesday, March 26, 2024
Homeमुख्य खबरनायब सुब्वा भ्रष्टाचारमा बढी संलग्न

नायब सुब्वा भ्रष्टाचारमा बढी संलग्न

- Advertisement -spot_img

दाङ, ४ साउन । निजामती सेवातर्फका नायव सुब्वा तहका कर्मचारी भ्रष्टाचारमा बढी संलग्न रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै नायब सुब्बा र सो सरहका कर्मचारी भ्रष्टाचारमा बढी संलग्न रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्ष भ्रष्टाचारको आरोपमा रंगेहात पक्राउ पर्ने १ सय ६१ कर्मचारीमध्ये ४७ जना नायब सुब्वा रहेका छन् ।
शाखा अधिकृत वा सो सरह ३२, खरिदार २९, कार्यालय सहयोगी २४ र कनिष्ठ कर्मचारी १५ जनालाई पनि कारवाही गरिएको अख्तियारको भनाई छ । अख्तियारको तथ्यांकअनुसार, १० जना उपसचिव, सहसचिव र विशिष्ट श्रेणीका कर्मचारी एक÷एक जना भ्रष्टाचारमा पक्राउ परेका छन् । आर्थिक वर्ष ०७५÷७६ मा भ्रष्टाचारको आरोपमा रङ्गेहात पक्राउ पर्ने २ सय जनामध्ये १ सय ६१ जना निजामती कर्मचारी छन् ।
७ जना जनप्रतिनिधि र अन्य ३२ जना बिचौलिया रहेको अख्तियारको भनाई छ । भ्रष्टाचारको आरोपमा रङ्गेहात पक्राउ पर्नेमा गृह प्रशासनतर्फका कर्मचारी बढी छन् । आर्थिक वर्ष ०७५÷७६ मा २४ हजार ४८ वटा मुद्दा दर्ता भएकामध्ये १५ हजार ६ सय ११ वटा मुद्दा फछ्र्याैट भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here