Thursday, April 25, 2024
Homeसम्पादकीयनाम अनुसार काम देऊ

नाम अनुसार काम देऊ

- Advertisement -spot_img

सरकारले एलोपेथिक औषधी प्रयोग गरेर उपचार गरिले अस्पतालहरुलाई विशेष महत्वका साथ ब्यवस्थापन गरिरहेको छ । जिल्लामा स्थापना भएका यस्ता अस्पतालहरुले जनशक्तिदेखि बजेट र पूर्वाधार उपकरण सबै आवश्यकता अनुसार नै राज्यबाट ब्यवस्थापन गरिएको देखिन्छ र भएको पनि छ ।
तर राज्यबाटै सञ्चालन भएका आयुर्वेदिक चिकित्सालयहरुमा भने यो समस्या टड्कारो रुपमा देखिन्छ । तुलसीपुरमा रहेको राप्ती आयुर्वेद चिकित्सालय नाममात्र भएको र राज्यले काम नदिएको सार्वजनिक भएको छ । एलोपेथिक उपचारमा बढी ध्यान र लगानी गर्ने सरकार आयुर्वेदमा भने कुनै पनि प्रकारको ध्यान नदिनु आयुर्वेदप्रतिको विश्वास कम रहेको प्रष्ट देखिएको छ ।
राप्ती अञ्चल आयुर्वेद चिकित्सालय दोघरे तुलसीपुर अहिले आर्थिक अभावमा जेलिएको छ । नाम चिकित्सालयको तर काम सामान्य औषधी पसलको जस्तो देखिएको छ । चिकित्सालयका लागि आवश्यक कुनै पनि पूर्वाधारहरु निर्माण नहुनुले र त्यो अनुसारको बजेटको समेत ब्यवस्था नगरिनुले आयुर्वेद उपचारलाई राज्यले नै बेवास्ता गरेको पुष्टि गर्दछ ।
राज्यले आयुर्वेद अस्पतालहरुलाई प्राथामिकतामा नराख्दा राप्ती आयुर्वेद चिकित्सालयको अवस्था यस्तो देखिनु राम्रो हैन । नाम अनुसार काममा जान नसकेको गुनासा स्थानीयस्तरमा उठ्दासमेत स्थानीय सरकाले समेत यसमा चासो दिएको देखिएको छैन ।
दैनिक एकसय जना भन्दा बढी उपचारका लागि आउने अस्पताल पूर्वाधार अभाव र बेसको समेत ब्यवस्था गर्न सकिएन भने स्थानीयस्तरको यसप्रतिको विश्वास घट्दै जाने छ । अहिले यो अवस्थाले चिकित्सालयले उपचार सेवामा समस्या बेहोरिरहेको छ ।
आफै औषधी उत्पादन गरेर उपचार गर्ने आयुर्वेद चिकित्सालयहरुमा आर्थिक समस्या हुँदा उत्पादनमा र उपचारमा समेत समस्या नपर्ने अवस्था नै हुँदैन । तर यो अवस्था राज्यले ल्याउनु हुँदैन । तत्काल ब्यवस्थापन गरेर आयुर्वेद उपचारका नागरिकहरुलाई विश्वास बढाउनु पर्छ ।
मानव स्वास्थ्यका लागि आयुर्वेद उपचार पद्धति उपयोगी छ । मानव स्वास्थ्यमा दीर्घकालिन सुधार गर्ने उपचार आयुर्वेद नै हो तर अहिले आयुर्वेदलाई बेवास्ता गरेर एलोपेथिकतिरको उपचार आकर्षण बढी नै छ । यो अवस्थालाई न्यूनीकरण गरेर आयुर्वेद उपचारलाई प्राथमिकतामा राख्ने र राजयले पनि यसतर्फको लगानी बढाउन सकेमा राम्रो हुने देखिन्छ ।
आर्थिक अभाव, पूर्वाधार अभाव र उपकरण अभावमा अडिन दिनु हुँदैन । आयुर्वेद विभागबाट नियमित रुपमा नै यस्ता चिकित्सालयमा २३ प्रकारका औषधी निःशुल्क रुपमा उपलब्ध गराइन्छ भने त्यति नै मात्रामा आर्थिक र उपकरण ब्यवस्थापन भए चिकित्सालयले जडिबुटीबाट औषधी उत्पादन गर्ने गर्दछ । आयुर्वेदलाई उपचारको उत्तम थलोको रुपमा विकास गर्ने तर्फ राज्यले सोच्नु पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here