Saturday, April 20, 2024
Homeमुख्य खबर‘नागरिकको स्वास्थ्यमा प्रतिकूल असर’

‘नागरिकको स्वास्थ्यमा प्रतिकूल असर’

- Advertisement -spot_img

लमही, १९ असार । संघीय सरकारका सभामुख कृष्णबहादुर महराले प्राकृतिक प्रकोपका कारण आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको बताएका छन् ।
वर्तमान समयमा बोटविरुवाको संरक्षण नुहँदा वायु प्रदूषण बढ्दै गएकाले स्वास्थ्यमा प्रत्यक्ष असर पर्दै गएको बताएका हुन् । लमही नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको बृहत वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महराले यस्तो बताएका हुन् ।
लमही नगरपालिका वडा नम्बर ६ को कर्री सामुदायिक वन क्षेत्रमा सतिसालको बिरुवा रोप्दै सभामुख महराले वर्तमान समयमा सामुदायिक वन फडानीका गतिविधिहरु बढ्दै गएकाले यसको नियन्त्रण गरिनुपर्ने बताए ।
लमही देउखुरी क्षेत्रको मुख्य केन्द्रविन्दु भएकाले विकासको सम्भावना धेरै रहेको बताउँदै उनले यसका लागि सर्वप्रथम वनजंगलको संरक्षण गर्न अनुरोधसमेत गरे । सरकारसँग वनजंगल संरक्षणका विषयमा पटक–पटक छलफल भएको बताउँदै उनले हरेक समस्याको समाधान क्रमिक रुपमा समाधान हुने आश्वासन दिए ।
यसैबीच कुलमोहरका स्थानीयले सभामुख महरालाई सुकुम्बासी समस्या समाधान गरिदिनका लागि ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै सभामुख महराले सुकुम्बासीहरुको समस्यालाई समाधान गर्नका लागि स्थानीय सरकार, प्रदेश र केन्द्रमा छलफल गरिने बताए ।
त्यस्तै प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले अक्सिजन प्राप्तीका लागि र मानव स्वास्थ्य जोगाउनका लागि रुख रोप्न अपरिहार्य भएको बताए । त्यस्तै प्रदेश सभा सदस्य इन्द्रजित थारुले हरेक नागरिकले विरुवा रोप्ने सरकारले नीति लिएकोले वातावरणलाई जोगाउन यो कार्यले मद्दत गर्ने बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका प्रमुख शंकरप्रसाद गुप्ताले यस क्षेत्रमा सालका जातका विरुवा उत्पादन गर्न खोजेको तर माटो कडा भएकोले अन्य बिरुवा रोप्नु परेको जानकारी गराएका थिए ।
डिभिजन वन कार्यालयले कर्री सामुदायिक वनको पाँच हेक्टर क्षेत्रफलमा करिब ३५ सय बिरुवा रोप्ने भनिएको भएपनि बिहीबार विभिन्न जातिका दुई सय विरुवाहरु रोपिएको छ ।
लमही नगरका स्थानीयहरु अझै पनि खोला, नदी कुवा र इनारको पानी पिउन बाध्य भएको भन्दै खानेपानीको पहल गरिदिनका लागि कार्यक्रमका अध्यक्ष एवं नगर प्रमुख कुलबहादुर केसीले सभामुख महरालाई ध्यानाकर्षण गराएका छन्  ।
कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देवका बेलवासे, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here