Friday, March 29, 2024
Homeमुख्य खबर‘नसकिने भो’ सार्वजनिक

‘नसकिने भो’ सार्वजनिक

- Advertisement -spot_img

तुलसीपुर, ४ फागुन । चर्चित गायिका टीका प्रसाई र गायक लेखराज गुरूङको युगल आवाजमा रहेको नयाँ गीत ‘नसकिने भो’ सार्वजनिक भएको छ । गायिका प्रसाईकै शब्द अनि संगीतमा तयार भएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । केही दिन अघि मात्रै युट्युबमार्फत् सार्वजनिक गीतको भिडियो पनि एकसाथ सार्वजनिक गरिएको छ ।
भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको धमाकेदार अभिनय रहेको छ भने स्वयं गायक गायिकाको अभिनय पनि देख्न सकिन्छ ।
भिडियोमा बाल कलाकार अरिष्ना भट्टराई र शंकर गुरूङको अभिनय समेतले स्थान पाएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन तथा गम्भिर बिष्टको कोरियोग्राफी निर्देशनमा बनेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

गायिका टीका र गायक लेखराजले करिब १० वर्षपछि नयाँ गीत सार्वजनिक गरेका हुन् । यसअघि उनीहरूले सिन्धुली गढी एल्बममा सँगै गाएका थिए ।
माया लुकी लुकी, नाइ मलाई थाहा छैन, कर्के नजर, तिमी मलाई मनपर्छ, परे माया जालैमा जस्ता धेरै हिट गीत बजारमा ल्याउन सफल गायिका प्रसाईले सार्वजनिक नयाँ गीतलाई पनि दर्शकले छोटो समयमै अत्यधिक रूचाएकोमा खुशी व्यक्त गरेकी छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here