Friday, March 29, 2024
Homeमुख्य खबरनगरलाई सडक सञ्जालसँग जोडिने

नगरलाई सडक सञ्जालसँग जोडिने

- Advertisement -spot_img

घोराही, २ असोज । घोराहीमा साझेदारी मञ्चको बैठक सम्पन्न भएको छ । बैठक बोल्दै सहभागीहरुले जनताका जीवनस्तर उठाउनका सर्वप्रथम पूर्वाधारको विकासमा स्थानीय सरकारले जोड दिनुपर्ने बताएका छन् ।
ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा भएको बैठकका सहभागीहरुले यस्तो बताएका हुन् । उक्त अवसरमा बोल्दै घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले जनताको जीवनस्तर उठाउने गरी सडक पूर्वाधारलाई प्राथमिकतामा राखिएको बताए ।
नगर प्रमुख चौधरीले सडक पूर्वाधार बलियो भए मात्रै जनताको जीवनस्तरमा सुधार आउने भन्दै उनले यसका लागि सर्वप्रथम नगरका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने बताए । स
डकसँगै सिंचाईलाई पनि मुख्य प्राथमिकतामा राखेको जानकारी दिदै आफू कृत्रिम जलाशय निर्माणमा पनि केन्द्रित भएको पनि बताए । आम्दानी र व्यवसाय सञ्चालन गर्न पूर्वाधारहरु पहिलो आवश्यकताभित्र पर्ने भएकाले सडक र पानीलाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ ।
ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नवीन चौधरीले घोराही उपमहानगरपालिकाको सम्पूर्ण गतिविधिका बारेमा जानकारी दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here