Saturday, April 13, 2024
Homeमुख्य खबरनगरबासीलाई सीपयुक्त बनाइने

नगरबासीलाई सीपयुक्त बनाइने

- Advertisement -spot_img

लमही, २० वैशाख 
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले एक घर एक रोजगारीको अभियान सफल बनाउन नगरबासीलाई सीप हस्तान्तरण गरिने बताएका छन् । लमही नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोग र सामुदायिक विकास मञ्चको आयोजनामा भएको ३० दिने बुटिक कडाइ तालिमको समापन अवसरमा बोल्दै उनले उद्यमशीलताको विकासबाट मात्रै समृद्ध नगर बनाउन सकिने बताए ।
सामुदायिक विकास मञ्चका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई उपप्रमुख देवका वेल्वासे, वडा नम्बर ५ का अध्यक्ष विमबहादुर केसी, वडा सदस्य जगनारायण चौधरी, सहभागी रीता चौधरी, राधिका वलीलगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । तालिमको प्रशिक्षकमा अनिष खान रहेका थिए । सामुदायिक विकास मञ्चका कार्यकारी निर्देशक विनोद भट्टराईको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here