Friday, April 19, 2024
Homeफिचरनगरपालिका जाने बाटो हिलाम्मे

नगरपालिका जाने बाटो हिलाम्मे

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, ३० फागुन ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका जाने बाटो हिलाम्मे भएको छ । नगरपालिका केन्द्र जाने सडक पुरै हिलाम्मे हुँदा नगरपालिकामा सेवा लिन जाने सेवाग्राहीलाई सास्ती भएको छ ।

छिन्छु जाजरकोट सडक राजमार्ग नजिकैदेखि तीन सय मिटरभित्र पर्ने बनगाड कुपिण्डे नगरपालिकाको कार्यालय जाने सडक अविरल वर्षाका कारण हिलाम्मे भएको छ ।

तीन मिटर सडकमा रातो माटोले पूरै सडक हिलाम्मे हुँदा जनप्रतिनिधि तथा नगरपालिका भने खासै चासो दिएको छन् ।

नगरपालिकामा सेवा लिन जाने मान्छेहरू अन्यत्रबाट राम्रोसँग आए पनि नगरपालिका कार्यालय नजिकै पुग्दा लड्दैपड्दै कार्यालयमा सेवा लिन जाने गरेको एकजना सेवाग्राहीले बताए ।

उनले भनेका अन्यत्र बाटोभन्दा नगरपालिकाको कार्यालय जाने बाटो अलि राम्रो हुनुपर्नेमा अझ झनै नगरपालिका मुखैमा सडक हिलाम्मे भएको देख्दा आफूलाई अचम्म लागेको बताए ।

जनप्रतिनिधि सधै आफू हिड्ने सडक राम्रो छैन अन्यत्रको झन के विकास होला ? भन्दै प्रश्न गरे । तर नगरपालिका कार्यालय नजिकै बनगाड खोला र नगरका आफ्नै जेसिपी व्यागलोडर र टिपर हुँदासमेत त्यसलाई सुधारतिर खासै ध्यान दिएको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here