Friday, March 29, 2024
Homeमुख्य खबरदेउसी–भैलोको रकम सामाजिक कार्यमा

देउसी–भैलोको रकम सामाजिक कार्यमा

- Advertisement -spot_img

गढवा, १७ कार्तिक । तिहारमा देउसी–भैलो खेलेर उठेको रकमलाई यहाँका युवाहरूले सामाजिक कार्यमा खर्च गरेका छन् । देउसी–भैलो खेलेर उठेको रकम खानपिनमा खर्चेर दुरूपयोग हुने भन्दै उनीहरूले उक्त रकम सामाजिक कार्यमा लगाएका हुन् ।
गढवा गाउँपालिका वडा नम्बर ५ को देउसी–भैलोको समूहले भैलो खेलेर उठेको रकमबाट आध्यात्मिक शिविर सञ्चालन तथा वृद्धहरूलाई सम्मान गरेको छ । उक्त समूहले शनिबार सकारात्मक सोचको विकास गरी आध्यात्मिक मार्गले जीवनमा परिवर्तन ल्याउने भन्दै उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
देउसी–भैलो कार्यक्रमका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता एवं सत्यसाई भजन समूहकी पूर्वअध्यक्ष रेवा केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्थानीय १० जना वृद्धवृद्धाहरूलाई सम्मान एवं फलफूल वितरण गरिएको थियोे ।
उक्त अवसरमा बोल्दै सहभागीहरूले देउसी–भैलो खेलेर उठेको रकमलाई सामाजिक सेवामा लगाउनु उदाहरणीय कार्य भएको बताए । यस्ता कार्यले जीवनमा सफलता तथा सम्मान पाउने कुरामा जोड दिदै उनीहरूले हरेक व्यक्ति तथा समाजले यसरी नै आफ्नो व्यवहार र शैली परिवर्तन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा सत्यसाई भजनकीर्तन समूहकी पूर्वअध्यक्ष केसीले मानव जीवन सार्थक बनाउन जीवनको अर्थ बुझ्न आवश्यक रहेको बताईन् ।
कार्यक्रममा सत्यसाई केन्द्र घोराहीका सुशील गुप्ता, धिरेन्द्र गुप्ता, समाजसेवी तुला सिंह ठकुरी, दिपक कुमार यादव, मञ्जु पौडेल, किरण पौडेल, लक्ष्मी पौडेल, राजु अधिकारी, डोरबहादुर थापालगायतले मानवीय मूल्य, जीवनको अर्थ, यसको सदुपयोग र सत्सङ्गले जीवनलाई सत्मार्गतर्फ लैजान सकिने बताए  । उक्त कार्यक्रमको सञ्चालन सञ्चालन सदस्य निराजन यादवले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here