Friday, April 19, 2024
Homeफिचरदेउखुरीमा आगलागी, एकको मृत्यु

देउखुरीमा आगलागी, एकको मृत्यु

- Advertisement -spot_img

आठ घरगोठ जले

देउखुरी, १६ जेठ ।
आगोमा जलेर गढवा एक महिलाको ज्यान गएको छ । गढवा गाउँपालिका–३ सुकैला गाउँकी ४० बर्षीय लक्ष्मी रावतको जलेर मुत्यु भएको हो । लक्ष्मीको आगोमा जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक प्रमोद क्षेत्रीले जानकारी दिए । लक्ष्मीले घरमा कोही नभएको समयमा आगो लगाएको प्रहरी निरिक्षक क्षेत्रीले बताए ।
आगलागीबाट त्यो बस्तीमा पाँच घर र तीन गोठ जलेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करिब १५ लाख बराबर नोक्सान भएको प्रहरीले जनाएको छ । स्थानीय जानकी रावतका अनुसार राति करिब साढे ८ बजेको समयमा कर्ण बहादुरको घरबाट सल्किएको आगोले अन्य घरमा फैलिएको थियो । आगलागीको कारण घर गोठ जलेर नष्ट भएका छन् ।

राति खाना खाएर बाहिर गएका श्रीमानलाई पर्खेर बसेको तर श्रीमान न आउँदै घरमा लागेको आगोले पार्वतीको ज्यान लिएको स्थानीयहरुले बताएका छन् । आगो नियन्त्रणको लागि लमही नगरपालिकाको दमकल र स्थानीयहरुले प्रयास गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीले आगलागीबाट पीडित परिवारलाई त्रिपाल, कम्बल, पकाउने भाँडाकुडा, लगायतका सामाग्री उपलब्ध गराएको छ । गढवा गाउँपालिका प्रमुखसहितका सबै वडा अध्यक्षहरुले आगलागी भएका परिवारलाई भेटेर राहतका लागि पहल गर्ने आश्वासन दिएको पीडितले बताए । आगलागीबाट करिब पन्ध्र लाख रुपैयाँको क्षति भएको प्रहरीले बताएको छ । आगलागी कसरी भयो भन्नेबारे एकीन नभएको तर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घरमा भएका गरगहना र पैसा पनि जलेको पीडितहरु बताउँछन् ।

गढवा गाउँपालिकाले आगलागी पीडितलाई तत्कालको लागि राहत सहयोग गरेको छ । मृतक परिवारलाई किरिया खर्च वाफत २५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । तत्कालको लागि अन्य पीडितहरुलाई प्रति परिवार ५ किलो चामल, दाल, नुन, तेल राहत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष यादवले जानकारी दिए ।
यसैगरी तुलसीपुर दोघरेमा रहेको सिरक डसना उद्योगमा पनि आगलागी भएको छ । विद्युत सर्ट भएर उद्योगमा आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here