Tuesday, March 26, 2024
Homeमुख्य खबरदुधरास टेलिफोन लाइन विस्तार

दुधरास टेलिफोन लाइन विस्तार

- Advertisement -spot_img

तुलसीपुर, २१ मंसिर । स्थानीय जनताको माग अनुसार तुलसीपुर उपमहागरपालिका–१८ को दुधरासमा ‘दुधरास एक्चेन्ज’ नामक चेक प्वाईन्ट राखी दूर सञ्चारको कार्यालय तुलसीपुरले १ सय ४४ टेलिफोन लाईनहरु वितरण गर्न लागेको जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका १८ को विशेष अनुरोधमा टेलिकमले उक्त लाईनहरु वितरण गर्न लागेको हो ।
टेलिकम र वडा कार्यालयको समन्वयमा हुन लागेको टेलिफोन वितरण कार्यले वडा नम्बर १७ को बघौसी क्षेत्रका बासिन्दाहरु पनि लाभान्वित हुने तुलसीपुर–१८ का वडा अध्यक्ष माधव वलीले बताए । शुक्रबारदेखि टेलिफोन जडान कार्य सुरु हुने र टेलिफोन जडान गर्नका लागि ईच्छुक उपभोक्ताहरुले नेपाली नागरिकताको प्रतिलिपि, दुईप्रति पासपोर्ट साईजको फोटो र निवेदन अनिवार्य रुपमा टेलिकमको कार्यालयमा बुझाउनु पर्ने र कुनै संघसंस्था वा फर्मको हकमा भने फर्मको दर्ता नम्बर, दर्ता नवीकरणको प्रमाण र निवेदन हुनुपर्ने तुलसीपुर टेलिकमका लेखा अधिकृत खुशीराम सेडाइले जानकारी दिए । २ सय मिटरसम्म उक्त लाईनले टेलिफोन र ईन्टरनेट सेवा दिने र शुक्रबारबाट प्राविधिकहरु दुधरास र त्यस क्षेत्रको आसपासमा रहि काम गर्ने भएकाले आवश्यक जानकारी पनि उनीहरुसँग लिन सकिने लेखा अधिकृत सेडाईले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here