Saturday, March 23, 2024
Homeफिचरदुई सयले लिए शिविरमा सेवा

दुई सयले लिए शिविरमा सेवा

- Advertisement -spot_img

तुलसीपुर, २८ चैत । दाङको तुलसीपुरमा दाँत तथा आँखाको निशुल्क शिविर भएको छ । शिविरमा झण्डै दुई सयजनाले आँखा तथा दाँत जाँच गराएका छन् ।
दाङ भ्याली इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा विआर डेन्टल र रिभिजन आईकेयर अप्टिकल सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको एकदिने शिविरमा १ सय ८५ जना बिरामीहरुको दन्त परीक्षण र आँखा चेकचाँज गरिएको हो ।
चेकजाँचका क्रममा ८० जना बिरामीहरुमा दाँतसम्बन्धी समस्या देखिएको छ भने १ सय ५ जनामा आँखाको समस्या भएको पाइएको छ । चेकजाँच गरिएका मध्ये ५० महिला र ३० जना पुरुषहरुमा दाँतको समस्या रहेको पाइएको छ ।
यस्तै ७० जना महिलाहरुमा आँखाको समस्या देखिएको छ भने ३५ जना पुरुषहरुमा आँखाको समस्या देखिएको छ । बिरामी हुँदाहुँदै, स्वास्थ्यमा समस्या देखिए पनि उपचार नगराई बसेकासमेत शिविरमा सहभागी भएको पाईएको छ ।
जाँचका क्रममा दाँतमा किरा लाग्ने, गिजा सुनिने, रगत बग्ने, दुख्नेजस्ता समस्या रहेका बिरामीहरु बढिरहेका छन् । यस्तै आँखाको समस्यामा मोतिविन्दु, बालबालिकाहरुमा नजिकको वस्तु देख्न नसक्ने समस्या, आँखाबाट पानी बग्ने, कचेरा निस्किनेजस्ता समस्याहरु बढिरहेको रिभिजन आईकेयर अप्टिकल सेन्टरका आँखा रोग विशेषज्ञ डा.कृष्ण बञ्जाडेले बताए ।
बच्चा जन्मिना साथ बच्चाको आँखाको चेकजाँच गराउनु पर्दछ भन्ने जनचेतनाको अभावका कारण कतिपय बालबालिकाहरुमा सानै उमेरमा मोतिविन्दुको समस्या देखिएको उनले जानकारी दिए । हरेक व्यक्तिले आफ्नो र परिवारको आँखाको सुरक्षाको लागि प्रत्येक वर्षमा आँखाको नियमित चेकजाच गराउन अनिवार्य भएको उनले बताए ।
यदि कुनै पनि बच्चा पूरा नौ महिनाको नपुगी जन्मिएको छ, दुई केजीभन्दा कम तौलको रहेको छ भने तुरुन्त आँखाको चेकजाँच गराउनुपर्ने उनले सल्लाहसमेत दिए ।
बजार क्षेत्रमा रहेर पनि व्यक्तिगत सरफाईमा ध्यान नदिनु, नियमित स्वास्थ्य परिक्षण नगराउनु, खानपिनमा ध्यान नदिनुजस्ता लापरवाहीका कारण सानो समस्याले ठूलो आकार ल्याउन सक्ने अवस्था रहन चिकित्सकहरुको भनाइ छ ।
यस्तै किरा लागेको, श्वास गन्हाउने, बाङ्गोटिङ्गो भएको जस्ता समस्याहरुका साथै आँखाको निशुल्क चेकजाँचको सुविधाले आफूहरुलाई सहज भएको उपचारका लागि आएकी तुलसीपुर–६ हात्तिखौवा निवासी सीता थापाले बताइन् ।
विद्यालयले अभिभावक, विद्यार्थी र स्थानीयहरुको स्वास्थ्यलाई मध्यनजर गरी सञ्चालन गरिएको शिविरका कारण सयौँ बिरामीहरु खुशी भएको विद्यालयका प्रधानाध्यापक तिलक साहुले जानकारी दिए ।
उनले आगामी दिनहरुमा पनि उपमहानगरको स्वास्थ्य महाशाखासँग सहकार्य गरी यस्तै शिविरहरु सञ्चालन गरिने बताए । शिविर सञ्चालनसँगै स्थानीय, अभिभावक र विद्याथीहरुले प्रत्यक्ष लाभ लिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here