Saturday, March 23, 2024
Homeफिचरदार्चुलामा जीप दुर्घटनामा ११ जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटनामा ११ जनाको मृत्यु

- Advertisement -spot_img

दार्चुला १८ फागुन ।
दार्चुला तींकर सडक खण्डको राताकाठामा जीप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाईते भएका छन । तीन दिन अघि राताकाठामा आएको सुख्खा पहिरोमा परि एक जनाको मृत्यु भएको थियो भने आधा दर्जन भेडा मरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरिक्षक रविन्द्र कठायतले दिएको जानकारी अनुसार दार्चुला जिल्ला सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जीप दुहु गाउँपालिका वडा नम्बर ३ राताकाठाको भीरमा खसेको हो ।
शुक्रबार बेलुकी सवा ८ बजेतिर खसेको जीपमा सवार मध्ये ११ जनाको मृत्यु भएको र चालक दिपकसिह धामी गम्भीर घाईते अवस्थामा फेला परेका प्रहरी निरिक्षक रविन्द्र खडकाले जानकारी दिए । उनले, तीनजना महिलाको शव सडकमा निकालिसकिएको, चारजना महिला, तीनजना पुरुष र एकजना बालकको शव टर्च लगाएर भीरमा देखिएको बताए ।
प्रहरी निरिक्षक खडकाले तीनजना महिलाबाहेक अरु कसैको पनि शव निकाल्न सकिने अवस्था नरहेकाले शनिबार विहान मात्र शव निकालिने बताए । ‘राति भएकाले भीरमा जान सकिएन, तीनजना महिलाको शव निकाली सकिएको छ, चारजना महिला, तीनजना पुरुष र एक बच्चाको शव टर्च लगाएर देखिएको छ, ती शव आज निकालिने प्रहरी निरिक्षक खडकाले बताए ।
गम्भीर अवस्थामा भेटिएका चालक धामीलाई भने जिल्ला अस्पताल दार्चुलाबाट भारतको पिथौरागढका लागि रेफर गरिएको उनले बताए । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थल पुगेपनि राति भएकाले भीरमा पस्न सकेको छैन ।
जीप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ । अध्यारो भएको कारण उद्दारकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । जीप सडक भन्दा झन्डै ५ सय मिटर तल खसेकाले चालक बाहेक अरु कोही पनि जीवित अवस्थामा नभेटाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
तीन दिन अघि मात्रै राताकाठामा आएको पहिरोमा परी एक जनाएको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । आधा दर्जन बाख्रा समेत मरेका थिए । दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट उत्तरपश्चिमी क्षोत्र करिब ८ किलोमिटरको दुरीमा घटनास्थल रहेको छ ।
एक दशकदेखि निर्माणाधीन राताकाठामा प्रशाशनले एक वर्षदेखि जीपहरु चल्न रोक लगाएको थियो । दिउसो राताकाठा आसपासमा नेपाल प्रहरीको गस्ती हुने गरेकाले हिकिला, सुनसेरा र ब्यास सहितका गाउँ जानका लागि मानिसहरु राती जीप लगेर जादै गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here