Thursday, March 28, 2024
Homeफिचरदाङले शिक्षामा लिड गरेको छः शाहीत

दाङले शिक्षामा लिड गरेको छः शाहीत

- Advertisement -spot_img

डिभाईन टेम्पलको वार्षिकोत्सव
तुलसीपुर, १८ माघ ।  बालबालिकाहरूमा संस्कारी शिक्षा आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले आधुनिकतासँगै बालबालिकाहरूमा संस्कार संस्कृतिमा समस्या आउन थालेको भन्दै सस्कारी शिक्षा अनिवार्य र अपरिहार्य भएको बताए ।
तुलसीपुरमा रहेको डिभाईन टेम्पल एकाडेमीको ११औँ वार्षिकोत्सवको अवसरमा सहभागी शिक्षा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
उनीहरूले बालबालिककाको संस्कार घरपरिवार र विद्यालयले निर्धारण गर्ने भन्दै अभिभावक र विद्यालय यसमा सचेत रहनुपर्ने बताए । जस्तो संस्कार सिकायो त्यस्तै संस्कार बालबालिकाले सिक्ने भन्दै त्यो जिम्मा अभिभावहरूकै रहने बताएका थिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा तथा नेसनल प्याब्सनका निवर्तमान अध्यक्ष कर्णबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा शाहीले निजी विद्यालयहरूले शिक्षामा गुणस्तर मात्रै नभएर विद्यार्थीको चौतर्फी एवं समग्र विकासका लागि ध्यान दिएको बताए ।
अभिभावक सुसंस्कृत भएमा बालबालिकाको शिक्षा र सिकाइ प्रभावकारी रहने बताए । उनले राज्यले निजी विद्यालयहरूलाई हेर्ने दृष्टीकोण गलत बनाएको भन्दै निजी क्षेत्रले शिक्षामा गरेको लगानी र योगदानको पनि राज्यले स्मरण गर्नुपर्ने बताए ।
निवर्तमान अध्यक्ष शाहीले दाङले शिक्षाले लिडिङ गरिरहेको भन्दै यसलाई कायम राख्नुपर्ने बताए । दाङको शिक्षामा डिभाईनको शिक्षा उत्कृष्ट, लोकप्रिय भएको तर्कसमेत गरे ।
नेसनल प्याब्सनका प्रदेश अध्यक्ष सुबोध कुमार डाँगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका ६ नं वडा अध्यक्ष नवराज लामिछाने,
शिक्षा संयोजक देवराज विश्वकर्मा, कार्यपालिका सदस्य अमर नेपाली, राप्ती बबई क्याम्पसका प्रमुख युवराज रावत, प्याब्सन दाङका उपाध्यक्ष विजय जिएम, अभिभावक कपिलजंग शाहलगायतले बोलेका थिए ।
कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीसँगै विभिन्न प्रस्तुतिहरू राखेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल हिमाल कँडेल गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here