Thursday, April 18, 2024
Homeफिचरदाङमा सवारी दुर्घटनाः एकको मृत्यु

दाङमा सवारी दुर्घटनाः एकको मृत्यु

- Advertisement -spot_img

प्रदेश सदस्य ओलीसहित १४ घाइते
दाङ, २५ माघ । दाङमा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । रुकुम मुसिकोट नगरपालिकाकी २६ वर्षिया रमिता शर्माको मृत्यु भएको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए । दुर्घटनामा परी प्रदेश नम्बर ५ का प्रदेश सदस्य उत्तरकुमार वलीसहित १४ जना घाइते भएका छन् । ओली दाङ निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित प्रदेश सदस्य हुन् । बुटवलबाट गृहनगर तुलसीपुर आउँदै गरेको ओली सवार बा १८ च ६८३६ नम्बरको कारलाई घोराही–लमही सडकखण्डको मसोट चिसापानीमा दाङबाट वीरगंज जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस एकआपसमा ठोकिदा दुर्घटना भएको हो । कारमा सवार ओलीको टाउको र खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ । ओलीको अवस्था गम्भीर रहेको हुँदा ओलीले लमहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
घाइते हुनेमा तुलसीपुरका लिला विक, तुलसीपुरकै लेखनाथ न्यौपाने, सल्यान शारदा नगरपालिका वडा नम्बर १४ का सुशील धिताल, रुन्तिगढी–१ का रेशम बुढा, राप्ती गाउँपालिका–१ पाखापानीका लोकमणि ज्ञवाली, सोही ठाउँ निवासी निमराज शर्मा, भारतीय नागरिक राहुल कुमार, लगन देव, रामसागर कुमार यादव, उपेन्द्र कुमार, राम विनोद सहनी, राजेश शाह, मोहमद मारुफलगायत घाइते भएको प्रहरी बताएको छ । सामान्य घाइते भएका उनीहरुको लमहीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here