Thursday, March 28, 2024
Homebreaking-newsदाङमा थप ९ जनामा कोरोना पोजेटिभ

दाङमा थप ९ जनामा कोरोना पोजेटिभ

- Advertisement -spot_img

दाङ, १८ जेठ ।
दाङमा आइतबार थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परिक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

प्राप्त जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १ जना, वडा नं. १५ का १ जना र वडा नं. १६ का ३ जना रहेको पाइएको छ ।

वडा नं. ६ का एकजना वर्ष २०, वडा नं. १५ का एकजना वर्ष ३२, वडा नं. १६ का तीनजना वर्ष १८, २० र २३ वर्षका रहेका छन् । यस्तै गढवा गाउँपालिका वडा नं. ६ का एकजना वर्ष ३६, वडा नं. ७ का एकजना वर्ष २४ का रहेका छन् । लमही नगरपालिका वडा नं. १ का एकजना वर्ष ४० र राप्ती गाउँपालिका वडा नं. ८ का एकजना वर्ष ३६ का रहेका छन् ।

योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । दाङमा देखिएका सबै भारतबाट भरखरै मात्र आएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here