Sunday, April 21, 2024
Homebreaking-newsदाङमा थप ४७ मा कोरोना

दाङमा थप ४७ मा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १ असार । दाङमा एकैदिन थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परिक्षणमा आइतबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बगंलाचुली गाँउपालिकाका ४५, तुलसीपुर उपमहा–नगरपालिकाका १ र बबई गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले जानकारी दिए ।
प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा बंगलाचुली गाउँपालिकाको वडा नम्बर ६ मा रहेको क्वारेन्टाइनमा रहेका २ वर्षका १ जना, ४ वर्षका २ जना, ७ वर्षका १ जना र ११ वर्षका १ जना बालिकाहरूमा कोरोना संक्रमण पुष्टि भएको छ  ।
सोही वडाका २० वर्षका २ जना, २६, २८, ३२, ३५ र ४२ वर्षका महिलाको पिसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । यस्तै वर्ष १७ का दुईजना, वर्ष १८ का ३ जना, वर्ष १९ का ५ जना, वर्ष २० का २ जना, २२ वर्षका १ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।
यस्तै वर्ष २३ का ४ जना, वर्ष २४ का १ जना, २५ वर्षका २, वर्ष २६ का १, वर्ष २७ का २, वर्ष २९ का १ जना पुरूषमा कोरोना संक्रमण देखिएको छ । सोहि वडाको क्वारेन्टाइनमा बसेका वर्ष ३० का ३ जनामा पनि कोरोनाभाइरस देखिएको छ ।
त्यस्तै वर्ष ३३, ४०, ४२, ४५ र ४५ बर्षीय पुरूषमा कोरोना पुष्टि भएको छ । संक्रमित सबै बंगलाचुली गाउँपालिका वडा नं. ६ भुटनेटा, हिमालय बालविकास टाड्के लेक र सरसस्वती बालविकास क्वारेन्टाइनमा बस्दै आएका थिए ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बगंलाचुली गाउँपालिका वडा नं २ का १ जना पुरूषमा पनि कोरोनाभाइरस पुष्टि भएको फोकलपर्सन चन्दले जानकारी दिए ।
मावि बालापुरको क्वारेन्टाइनमा बसेका तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का वर्ष २७ का १ जना, पदमपुर मावि हापुरे क्वारेन्टाइनमा बसेका बबई गाउँपालिका वडा नं २ का वर्ष २० का १ जना गरी ४७ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुगेको छ ।

एकैदिन ४२५ थपिए

यसैबीच आइतबार ४ सय २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार ३ सय ७५ जना पुरूष र ५० जना महिलामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितहरूमध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ भने ९ सय ७४ कोरोना निको भई घर फर्किएका छन् । कोरोनाभाइरसबाट नेपालमा आइतबार थप एकजनाको मृत्यु भएको छ । गुल्मीमा भारतबाट आएका एकजनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९ पुगेको समेत प्रवक्ता गौतमले जानकारी दिए ।
यसैबीच रुकुम पश्चिम सानीभेरी गाँपालिका वडा नं १ का ८२ वर्षिय पुरुषलाई कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनबाट उक्त पुरुषको कोरोना पुष्टी गरिएको हो ।
सानीभेरी गाउँपालिका वडा नं १ का उक्त पुरुष पेटको बिरामी भई उपचारको लागि कोहलपुरस्थित मेडिकल कलेजको सर्जिकल वार्डमा भर्ना भएका र अस्पतालले पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको भेरी अञ्चल अस्पतालले जनाएको छ । रुकुम पश्चिममा एकजनामा कोरोना संक्रमण देखिएपछि कोरोना फैलिएको जिल्ला ७३ पुगेको छ ।
नेपालमा अहिलेसम्म पिसिआर विधिबाट १ लाख ३१ हजार ३ सय ७७ जनाको र आरडिटीबाट २ लाख १० हजार ७ सय २१ जनाको कोरोना जाँच गरिएको छ । आइतबार देशभर ६ हजार ८९ जनाको पिसिआर र २० हजार एक सय ३४ जनाको आरडिटी जाँच गरिएको मन्त्रालयले जनाएको छ ।
यसैबिच अहिले देशभरको क्वारेन्टाईनमा १ लाख ४३ हजार ६ सय ४० जना र आइसोलेशनमा ४ हजार ७ सय ६७ जना संक्रमित बस्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here