Monday, March 25, 2024
Homeमुख्य खबरदलित विद्यार्थी संघमा विक

दलित विद्यार्थी संघमा विक

- Advertisement -spot_img

तुलसीपुर, २८ असार । नेपाल दलित विद्यार्थी संघ दाङको अध्यक्षमा कलसिङ विक चयन भएका छन् । संघको शनिबार भएको प्रथम अधिवेशनले विकको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा श्रवण नेपाली, सचिवमा रोशनी नेपाली, सहसचिवमा सुनिता नेपाली, कोषाध्यक्षमा रविन्द्र विश्वकर्मा चयन भएका हुन् ।
अधिवेशनबाट खिमा परियार, पवित्रा सुनार, कृष्णा सुनार, अस्मिता परियार, लक्ष्मी विक, अनिल परियार, दिपक सुनार, विशाल परियार सदस्यमा चयन भएका हुन् ।
नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनार तथा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको विशेष उपस्थितिमा प्रथम अधिवेशन भएको हो ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सुनारले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालको शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा जिल्ला सभापति खड्काले कांग्रेसको शुभेच्छुक भातृसंस्था नेपाल दलित विद्यार्थी संघको गठन हुनु नै कांग्रेस बलियो भएको बताए । उनले पार्टीका गतिविधि गाउँ–गाउँमा पु¥याउन नवनिर्वाचित समितिका पदाधिकारीलाई समेत आग्रह गरे । संघको आगामी तीन वर्षसम्मका लागि नयाँ नेतृत्व गठन भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here