Thursday, March 28, 2024
Homeमुख्य खबरथारु पत्रकारको बैठक

थारु पत्रकारको बैठक

- Advertisement -spot_img

घोराही, २४ भदौ । थारु पत्रकार संघ दाङको बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ । थारु पत्रकार संघकी अध्यक्ष अञ्जना चौधरीको अध्यक्षता तथा थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ५ संयोजक सन्तोष दहितको अध्यक्षतामा बैठक भएको हो । बैठकले विभिन्न निर्णयहरुसमेत गरेको छ । असोज २६ र २७ गते दाङमा हुने थारु पत्रकार संघ नेपालको सम्मेलनका विषयमा छलफल गरेको छ । सम्मेलनलाई सफल बनाउनका लागि सन्तोष दहितको संयोजकत्वमा आर्थिक समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले घोराहीमा सम्पन्न भएको थारु कल्याणकारीणी सभाका नव निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिएको छ । कार्यक्रममा थारु पत्रकार संघ ङका सल्लाहकार केबि चौधरी, लक्ष्मीमान चौधरी, थारु कल्याणकारीण सभा दाङका अध्यक्ष भुवन चौधरी, पार्षद् चूर्णबहादुर चौधरी, तेजमान चौधरीलगायतले सल्लाह, सुझावसहित आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here