Saturday, April 13, 2024
Homeमुख्य खबरथारु कल्याणकारिणीको वडास्तरीय समिति

थारु कल्याणकारिणीको वडास्तरीय समिति

- Advertisement -spot_img

घोराही, ४ चैत । थारु कल्याणकारिणी सभा दाङले संगठन विस्तार तथा जागरण अभियान थालेको छ । अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडास्तरीय समिति गठन गरेको छ । सभाले भरत चौधरीको अध्यक्षतामा २१ सदस्यीय वडास्तरीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बेलमती घोटैली, सचिवमा टंकप्रसाद चौधरी, सहसचिवमा उषा चौधरी र कोषाध्यक्षमा हिरा चौधरी रहेका छन् । समितिका सदस्यहरुमा मनवीर चौधरी, जुगलाल चौधरी, बुझौनी चौधरी, बालुराम चौधरी, मेलु चौधरी, विरमान चौधरी, सुशीला चौधरी, सिउप्रसाद चौधरी, सावि चौधरी, महेश चौधरी रहेका छन् ।
यसैगरी अन्य सदस्यहरुमा टिकावीर चौधरी, मनिराम चौधरी, रामप्रसाद चौधरी, शान्ति चौधरी, कालिप्रसाद चौधरी र इन्दिरा चौधरी रहेका छन् । जेष्ठ नागरिक प्रेम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाका कार्यबाहक अध्यक्ष जगत बहादुर श्रेष्ठले वडाको विकासमा थारु, गैरथारुले सक्रिय सहभागिता जनाउन सकेमा वडाको विकास हुने बताए ।
वडामा हुने विभिन्न कार्यक्रम नै वडाको विकास र नेतृत्व जन्माउने विषय महङ्खवपूर्ण भएको बताउदै उनले समृद्धिको यात्रामा थारु कल्याणकारिणी सभाको भूमिका पनि महङ्खवपूर्ण हुनेमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, वडा सदस्य मंगल चौधरी, सपना टोल विकासका अध्यक्ष पोष्टकविर वली, भगवानपुर टोलका सर्जन केसी, थारु महिला सभाका शान्ता चौधरी, वडाका सल्लाहकार जगलाल चौधरी लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण थारु कल्याणकारिणी सभाका सचिव प्रकाश चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here