Saturday, April 20, 2024
Homeमुख्य खबरतुलसीपुर ३ नं. वडालाई उच्च अदालतको कारण देखाउ आदेश

तुलसीपुर ३ नं. वडालाई उच्च अदालतको कारण देखाउ आदेश

- Advertisement -spot_img

तुलसीपुर, १३ फागुन । उच्च अदालत तुलसीपुरले तुलसीपुर उपमहागनरपालिका वडा नं. ३ का नाममा कारण देखाउ आदेश जारी गरेको छ । जन्मदर्ता सिफारिस नपाएको भन्दै उच्च अदालत तुलसीपुरमा परेको रिटमा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विजय भन्ने वीरबहादुर विकको नामा कारण देखाउ आदेश जारी गरेको हो ।
कारण देखाउ आदेशमा बालिकाका बाबु तुलसीपुर–३ निवासी लक्ष्मणबहादुर डाँगीसमेतलाई जन्मदर्ता नबनाइदिनु र नदिनुपर्ने कारणसहित म्याद तामेल भएको १५ दिनभित्र उपस्थित हुन आदेश दिइएको अभिवक्ता रामशरण चौधरीले जानकारी दिए । १२ बर्षीया बालिकादेवी डाँगीको जन्मदर्ता बनाउन सिफारिस नदिएको भन्दै वडा अध्यक्ष विक र बालिकाका बाबु डाँगीसमेतलाई विपक्षी बनाई संरक्षकको तर्फबाट गायत्री डाँगीले दायर गरेको निवेदनमा आदेश जारी गरिएको हो । बाबुले सहजरुपमा बालिकाको जन्मदर्ता नबनाईदिएपछि सर्वोच्चले फैसला गरेको नाता कायमको प्रतिलिपि लिएर पीडित पक्ष वडा कार्यालयमा पुगेका थिए । तत्कालिन पुनरावेदन अदालत तुलसीपुर र सर्वोच्च अदालते लक्ष्मण र लेमा लोग्ने स्वास्नी भएकोले निजबाट जायजन्म भएको देवी डाँगीबीच बाबु छोरीको नाता कायम हुने ठहरसहित अंश भराउन फैसला गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here