Tuesday, March 26, 2024
Homeफिचरतुलसीपुर सिटी हस्पिटलमा अप्रेसन सेवा

तुलसीपुर सिटी हस्पिटलमा अप्रेसन सेवा

- Advertisement -spot_img

तुलसीपुर, २७ मंसिर । दाङको तुलसीपुरमा रहेको तुलसीपुर सिटी हस्पिटलले अप्रेसन सेवा सुरू गरेको छ । बुधबार पहिलो पटक एपेन्डिसाईटीसका एक बिरामीको सफल अप्रेसन गरेर अस्पतालले अप्रेसन सेवाको सुरूवात गरेको हो । बिहीबार नै हर्नियाको दुईवटा अप्रेसन गरिएको छ ।
सस्तो र न्यूनतम रकममा अप्रेसन सेवा दिइरहेको जनाएको छ । हस्पिटलका बरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुशिल खनियाँ नेतृत्वको टोलीले तुलसीपुर निवासी एपेन्डिसाईटीसका बिरामी सन्तोष ढकालको सफल अप्रेसन गरेको अस्पतालका प्रबन्ध निर्देशक हेमराज बस्नेतले बताए ।
अप्रेसन टिममा बरिष्ठ एनेस्थेसिया कन्सल्टेन्ट डा. सगुन शर्मा, डा. चन्द्रवाल खटिक, स्टाफ नर्स नीति पुडासैनी लगायतको सहभागिता थियो । सिटी हस्पिटलले पछिल्लो समय हाडजोर्नीको अप्रेसन पनि सुरू गरेको हस्पिटलका प्रवन्ध निर्देशक हेमराज बस्नेतले जानकारी दिए ।
निर्देशक बस्नेतले निकट भविष्यमा नै दुरविन बिधिबाट पित्तथैलीको अप्रेसन तथा सिस्टोस्कोपी गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।
उनले हस्पिटलको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यका साथ, रेडियोलोजिष्ट कन्सल्टेन्ट डा. सरोज पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शेखर थापा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सवल कृष्ण गैरेलगायतको विशेषज्ञ डाक्टरहरूले सेवा दिइरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here