Friday, March 29, 2024
Homeफिचरतुलसीपुर उपमहानगरको वार्षिक समीक्षा

तुलसीपुर उपमहानगरको वार्षिक समीक्षा

- Advertisement -spot_img

तुलसीपुर, २५ असार ।
तुलसीपुर उपमहानगरमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भएको अवसरमा वार्षिक समीक्षा कार्यक्रम गरिएको छ । एक बर्षभित्र भए गरेका कामहरुको सार्वजनिकीकरण गर्दै नगर प्रमुख घनश्याम पाण्डेले वार्षिक समीक्षा गरेका हुन् ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले निर्वाचित भएपछि जनतासँग गरेका बाचाहरु पूरा गर्न विभिन्न चुनौतिहरु रहदा रहदै पनि उपमहानगरपालिकाभित्र विकास र समृद्धिको अनुभूति गराएको बताए । फरक, नयाँ र जनप्रिय कामहरु गर्न आफूहरु सफल भएको उनको दाबी थियो । उनले खरको छानो विस्थापित गरेर टिनको छानो लगाउने, सुत्केरी भत्ता बढाएर पाँच हजार प्रदान गर्ने कामले राष्ट्रियस्तरमै चर्चा पाउन सफल भएको बताउँदै अञ्चल अस्पतालमा ब्लड बैंक सञ्चालन र मृगौला पीडितको डायलासिस सेवाका लागि आवस्यक सहयोग गर्ने विषयलाई उपलब्धिमूलक कार्य भएको बताएका छन् ।
आफूहरुले पहिलो एक वर्षमा मातृशिशु सुरक्षा कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम, स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना, सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षा आरम्भ, विपन्नलाई छात्रवृत्ति, विमानस्थल सुचारु, मेट्रो कलेज स्थापनाको सुरुवात, मेयर विपद व्यवस्थापन कोष स्थापना, वडाहरुमा अनलाईन घटना दर्ता, विकट वडामा एम्वुलेन्स खरिद नमुना काम भएको उनले बताए । पाण्डेले पहिलो बर्ष खेलकुदलाई प्राथमिकता राखेर महङ्खवपूर्ण काम गरेकोे उल्लेख गर्दै उपमहानगरपालिकालाई स्पोर्ट सिटी घोषणा गर्नका लागि काम अघि बढाएको उल्लेख गर्दै आफूहरुले तत्काल स्पोर्ट सिटीको रुपमा घोषणासमेत गर्ने बताए ।

उनले उक्त अवसरमा पहिलो वर्षमा सडक सञ्जाल विस्तारमा महङ्खवपूर्ण काम गर्न सफल भएको उल्लेख गरेका छन् । साथै पहिलो वर्ष नीति नियम ऐन नियममा केही समस्या हुँदा काम गर्न समस्या रहेको बताए । आर्थिक बर्षमा सडक कालोपत्रे, स्तरवृद्धि, चौडा बनाउने काममा ध्यान दिने छौ । त्यस्तै उत्पादनतर्फ कृषि पशुपालनमा जोड दिने र स्वास्थ्य शिक्षा, रोजगारी जस्ता कुराहरुमा काम गर्ने उनले बताए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाभित्रका उत्कृष्ट दशजना कृषकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेकपाका नेता टिकाराम खड्काले पहिलो वर्ष जनप्रतिनिधिहरुको लागि सिकाइको वर्षको रुपमा आफूले लिएको बताउँदै उपमहानगरपालिकाले सञ्चालन गरेको विकासको काममा आफू सन्तुष्ट रहेको बताए । नेपाली काँग्रेसका नेता सुरेन्द्र खड्काले राम्रा कुराहरुको आफूहरुले साथ दिने र नकारात्मक कुराहरुको सधै खबरदारी गर्ने बताए ।
उनले उपमहानगरपालिकाले विकास निर्माणको काम समयमै सम्पन्न गर्नतर्फ लाग्न सुझाव दिदै अनुगमनलाई प्रभावकारी बनाउन सुझावसमेत दिएका छन् । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले तत्काल उपमहानगरपालिकाले ल्याण्डफिल्ड साइटको स्थायी व्यबस्था गर्न सुझाव दिए ।
उनले बजारमा छाडा पशु चौपायाको व्यवस्थापन र एयरपोर्ट नियमित सञ्चालन, ईन्धन डिपो स्थापना गर्नतर्फ ध्यान दिन उपमहानगरपालिकालाई सुझाव दिए । कार्यक्रममा नेकपाका नेता शोभाराम बस्नेत, राप्ती बबई क्याम्पसका प्रमुख लक्ष्मण रेग्मी, संघीय इकाई प्रहरी कार्यालयका एसएसपी दिलिप चौधरी, नेपाल पत्रकार महासंघ दाङका सह—सचिव शर्मिला डिसी, कृषक तुलसा बुढालगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नगर प्रमुख पाण्डेका प्रेस सल्लाहकार बसन्त विवश आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here