Friday, March 29, 2024
Homeखेलकुदतुलसीपुरमा सक्सेस कप इन्टरस्कुल फुटबल

तुलसीपुरमा सक्सेस कप इन्टरस्कुल फुटबल

- Advertisement -spot_img

तुलसीपुर, ७ असार ।
तुलसीपुरमा बिहीबारदेखि सक्सेस कप इन्टरस्कुल फुटबल प्रतियोगिता सुरु भएको छ । सक्सेस फुटबल एकाडेमी तुलसीपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले गरेकी छन् ।
विद्यालयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र विद्यालयस्तरका प्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा भ्याली टप बोर्डिङ स्कुल घोराही र जनज्योती विद्यामन्दिर घोराही उद्घाटन खेलमा विजयी भएका छन । उद्घाटन खेलमा राप्ती बाल एकाडेमीलाई सुन्यका विरुद्ध ४ गोलको पराजित गर्दै भ्याली टप विजयी भएको हो । भ्याली टपका तर्फबाट विकास विकले खेलको पहिलो हाफको २५औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको तेस्रो मिनेटमा रेवन बुढामगरले दोस्रो गोल गरे भने चेतलाल कुवर र रेवन मगरले क्रमशः दोस्रो हाफको १५औँ र २७औँ मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने रेवन बुढामगर हिरो अफ द म्याच घोषित भए ।

त्यस्तै पब्लिक ज्ञानज्योतिलाई ट्राईवेकरमा पराजित गर्दै जनज्योती विद्यामन्दिर घोराही विजयी भएको छ । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने जनज्योती विद्यामन्दिर घोराहीका कुनाल श्रेष्ठ हिरो अफ द म्याच घोषित भए । खेलको मुख्य रेफ्रीमा प्रकाश रोका, हिरा डाँगी, असिस्टेन्ट रेफ्रीमा उज्वल चौधरी र सन्दिप विक रहेका थिए । प्रतियोगिताको विजेताले नगद २० हजार, कप, मेडल तथा प्रमाणपत्र हात प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले नगद १२ हजार कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष सुरज वलीले जानकारी दिए । जिल्लामा स्थापित २७ विद्यालयको सहभागिता रहेको प्रतियोगिता एक साता चल्नेछ भने खेल नकाउट प्रणालीका आधारमा खेलाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here